
लन्डन । साउथ इष्ट लन्डनको उलवीचमा भोलि ४ फेब्रुअरी आइतबार ‘सनराइज लोक दोहोरी सांझ’ हुने भएको छ । लोटस क्लबमा हुने उक्त कार्यक्रममा नेपालकी चर्चित लोक दोहोरी गायिका मन्जु बिक र बद्री केसीको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् ।
मारयो मलाई नजरैको गोलीले, जाउं त भने भत्केको पुल, चढेको जवानी, मिठो बोलीले लगायत थुपै चर्चित गीत गाएर लोक दोहोरी क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी गायिका मन्जु बिकको एकल प्रस्तुतिसंगै गायक बद्री केसीका साथ दोहोरी प्रस्तुति रहने सनराइज सांझका आयोजक प्रकाश कंडेलले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ । टिकट दर १० पाउण्ड छ ।
लोक दोहोरी क्षेत्रमा विशेष दख्खल र नेपाली कला संस्कृतिलाई माया गर्ने कंडेलले प्रवासमा नेपाली लोक दोहोरीको प्रवर्धन गर्ने उद्देश्यले नियमित रुपमा विविध सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।
विगत दिनमा जस्तै यस कार्यक्रममा पनि दर्शकहरुको उल्लेखनीय सहभागिता रहने विश्वास गर्दै कंडेलले सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण