
लन्डन । साउथ इष्ट लन्डनको उलवीचमा भोलि ४ फेब्रुअरी आइतबार ‘सनराइज लोक दोहोरी सांझ’ हुने भएको छ । लोटस क्लबमा हुने उक्त कार्यक्रममा नेपालकी चर्चित लोक दोहोरी गायिका मन्जु बिक र बद्री केसीको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् ।
मारयो मलाई नजरैको गोलीले, जाउं त भने भत्केको पुल, चढेको जवानी, मिठो बोलीले लगायत थुपै चर्चित गीत गाएर लोक दोहोरी क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी गायिका मन्जु बिकको एकल प्रस्तुतिसंगै गायक बद्री केसीका साथ दोहोरी प्रस्तुति रहने सनराइज सांझका आयोजक प्रकाश कंडेलले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ । टिकट दर १० पाउण्ड छ ।
लोक दोहोरी क्षेत्रमा विशेष दख्खल र नेपाली कला संस्कृतिलाई माया गर्ने कंडेलले प्रवासमा नेपाली लोक दोहोरीको प्रवर्धन गर्ने उद्देश्यले नियमित रुपमा विविध सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।
विगत दिनमा जस्तै यस कार्यक्रममा पनि दर्शकहरुको उल्लेखनीय सहभागिता रहने विश्वास गर्दै कंडेलले सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन