लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको बताएकी छन् ।
तीनदिने चीन भ्रमणमा रहेकी प्रधानमन्त्री मेले आफ्नै दल तथा विपक्षीबाटसमेत उनको नेतृत्व र ‘ब्रेक्जिट योजना’ माथि प्रश्न गर्दै दवाव दिइरहेका बेला मेले आफू अप्रिलमा शुरु भएको बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया अघि बढाउन लागिपरेको बताइन् । तर, उनले बहिर्गमनपछि कस्तो खालको सम्बन्ध चाहेको भन्ने विषयमा भने विस्तृत बताइनन् ।
तपाईं व्यापारलाई अवरोध पार्ने पक्षमा हुनुहुन्छ वा बेलायतको आफ्नै बाटो तय गर्ने शक्तिको पक्षमा हुनुहुन्छ ? भन्ने प्रश्नमा मेले ‘हाम्रो बीचमा रहेका विकल्पहरू यी होइनन्’ भनिन् ।
‘हाम्रो विकल्प भनेको राम्रो व्यापारिक सम्झौता गर्ने हो’- उनले प्रष्टयाइन् । प्रधानमन्त्री मेलाई कन्जरभेटिभ पार्टीबाट समेत यस हप्ता ब्रेक्जिटबारे प्रष्ट धारणा अघि सार्न दवाव आएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारका आन्तरिक कागजात, जसमा इयूसँगको व्यापार सम्झौताले बेलायतलाई नराम्रो प्रभाव पार्ने मुल्याकंन भएको थियो, चुहिएको थियो र यसले बेलायतमा तनाव थपिएको छ ।
प्रधानमन्त्री मेले भनिन्, ‘बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नु भनेको बेलायती मुद्रा, सीमाना, कानूनलाई आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्य थियो र हामीले यही अनुरुप वार्तालाई अघि बढाइरहेका छौं । हामी सीमाभन्दा पर पनि व्यापार गर्न सक्नेकुराको प्रत्याभूत गर्न चाहन्छौं । अहिले वार्ताको थालनी भएको छ । वार्ताको समाप्तिसँगै सम्झौतालाई संसदमा प्रस्तुत गरिने र अत्यधिक मतदानले यसलाई पारित गरिनेछ ।’
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’