लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको बताएकी छन् ।
तीनदिने चीन भ्रमणमा रहेकी प्रधानमन्त्री मेले आफ्नै दल तथा विपक्षीबाटसमेत उनको नेतृत्व र ‘ब्रेक्जिट योजना’ माथि प्रश्न गर्दै दवाव दिइरहेका बेला मेले आफू अप्रिलमा शुरु भएको बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया अघि बढाउन लागिपरेको बताइन् । तर, उनले बहिर्गमनपछि कस्तो खालको सम्बन्ध चाहेको भन्ने विषयमा भने विस्तृत बताइनन् ।
तपाईं व्यापारलाई अवरोध पार्ने पक्षमा हुनुहुन्छ वा बेलायतको आफ्नै बाटो तय गर्ने शक्तिको पक्षमा हुनुहुन्छ ? भन्ने प्रश्नमा मेले ‘हाम्रो बीचमा रहेका विकल्पहरू यी होइनन्’ भनिन् ।
‘हाम्रो विकल्प भनेको राम्रो व्यापारिक सम्झौता गर्ने हो’- उनले प्रष्टयाइन् । प्रधानमन्त्री मेलाई कन्जरभेटिभ पार्टीबाट समेत यस हप्ता ब्रेक्जिटबारे प्रष्ट धारणा अघि सार्न दवाव आएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारका आन्तरिक कागजात, जसमा इयूसँगको व्यापार सम्झौताले बेलायतलाई नराम्रो प्रभाव पार्ने मुल्याकंन भएको थियो, चुहिएको थियो र यसले बेलायतमा तनाव थपिएको छ ।
प्रधानमन्त्री मेले भनिन्, ‘बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नु भनेको बेलायती मुद्रा, सीमाना, कानूनलाई आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्य थियो र हामीले यही अनुरुप वार्तालाई अघि बढाइरहेका छौं । हामी सीमाभन्दा पर पनि व्यापार गर्न सक्नेकुराको प्रत्याभूत गर्न चाहन्छौं । अहिले वार्ताको थालनी भएको छ । वार्ताको समाप्तिसँगै सम्झौतालाई संसदमा प्रस्तुत गरिने र अत्यधिक मतदानले यसलाई पारित गरिनेछ ।’
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन