लन्डन । किरात याक्थुङ चुम्लुङ युकेले धरानको विजयपुर दरबार परिसरमा निर्माण हुन लागको पानी टंकीको विरोध जनाउंदै सो प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाका अध्यक्ष दिल सिं मेन्याङवो र महासचिव गणेश इजमले एक विज्ञप्ति जारी गरी पिउने पानी टंकी बन्नु नकारात्मक नभए पनि निर्माण गरिने क्षेत्रको छनौटले आदिवासी जनजातिको इतिहास र पहिचानको प्रमाणहरु मासिने शंका व्यक्त गर्दै विरोध जनाएका
छन् ।
बिज्ञप्तिमा विजयपुर दरबार परिसरको संरक्षण गर्दै पानी टंकी अन्य ठाउंमा निर्माण गर्न अपिल गरिएको छ ।
धरान उपमहानगरपालिकाले एकीकृत शहरी विकास परियोजना (आइयूडीपी) अन्तर्गत टंकी बनाउने निर्णय गरेपछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति आन्दोलित भएको हो ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित परियोजनालाई दरबार परिसरमा निर्माण कार्य नथाल्न गत कात्तिक ८ गते सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
गत वर्ष दरबार परिसरको मध्यभागमै आयोजनाले खानेपानी टंकी निर्माण गर्न ११७ थान रुख कटान गरेपछि विवाद चुलिएको थियो ।
संघर्षरत पक्षको वार्ता समिति र उपमहानगरपालिकाबीच गत माघ ९ गते १८ बुंदे समझदारी गर्दै आयोजना अघि बढ्ने नगर प्रमुख तारा सुब्बाले जनाएका थिए ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने