लन्डन । भूतपूर्व गोर्खा समुदायका एकजना समाजसेवी तथा व्यवसायी लक्ष्य गुरुङले कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवारका रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।
ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा उनलाई सत्तारुढ कन्जर्भेटिभ पार्टीले बार्नेट काउन्सिलको हेल वार्डबाट उम्मेदवारको रुपमा छनोट गरेको हो ।
गुरुङले आइतबार बिहान मिलहिल क्षेत्रमा घरघरमै पुगेर स्थानीय वासिन्दाका समस्याहरुका बारेमा जानकारी लिएका थिए । उनको सो अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जर्भेटिभ पार्टीका पदाधिकारीहरु ओली हेजल, ली ट्याफ, श्रीमती स्मीता ट्याफ तथा बार्नेट काउन्सिलमै कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवारहरु लेथ जेलाह तथा एलिएट सिमवर्ग पनि सहभागी भएका थिए ।
‘हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयाँ आवास योजनाबारे आफ्ना चिन्ताहरु बताए । हामीले स्थानीय समुदायका यी गुनासाहरु सम्वोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौं’- गुरुङले भने।
सन् २०१४ मा भएको स्थानीय चुनावमा आफ्नो गृह क्षेत्र बर्न्टओक वार्डबाट उम्मेदवारी दिएका गुरुङ यसपटक कन्जर्भेटिभ पार्टीकै तर्फबाट हेल वडाबाट उम्मेदवार बनेका हुन् ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गोर्खासंग सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि