लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले चीन भ्रमण गर्ने भएकी छन् । मेले आगामी जनवरी ३१ देखि फेब्रुअरी २ सम्म चीन भ्रमण गर्ने तय भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयीङले बिहीबार जानकारी दिएका छन् ।
प्रधानमन्त्री भएपछि मेले पहिलो पटक चीन भ्रमण गर्न लागेकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
मेले आफ्ना चिनिया समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसंग पनि छलफल गर्ने बताइएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरे ।
बेलायती प्रधानमन्त्री मेले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि