लन्डन । तमुधिं यूके र गोर्खाली समाज यूकेले गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरुलाई संयुक्त रुपमा सम्मान गरेका छन् । मंगलबार सांझ अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ र गोरखा जिल्ला समाज यूकेका अध्यक्ष जयप्रकाश गुरुङले अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, सह कोषाध्यक्ष सोम सापकोटा, डेपुटी रिजनल वुमन कोअर्डिनेटर संगीता मरहट्ठा लगायतलाई गुरुङ परम्परागत संस्कृति अनुसार फेटा र दोसल्लाले सम्मान गरे ।
सो अवसरमा अध्यक्ष भट्टले दुई संस्थाप्रति आभार व्यक्त गर्दै तमुधिं यूकेले विगत जस्तै भविष्यमा पनि नेपाल र नेपालीको हितका लागि जुनसुकै मानवीय काममा एनआरएनएको सहयोग र सहकार्य रहने वचन दिए ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले तमुधिं यूके गुरुङहरुको जातिय संस्था भएपनि सामाजिक क्षेत्रमा नेपाल र सम्पूर्ण नेपालीको हित हुने कार्यमा अग्रसर संस्था भएको जनाउंदै संस्थाले बेलायतमा वर्षेनी दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेला आयोजना गरि सबैको मन जित्न सफल भएको बताए । भट्टले भूकम्प र बाढी पीडितका लागि तमुधिं यूकेले गरेका कार्यहरुको प्रशंसा गर्दै तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा बेलायत आउने आश्वासन दिए ।
उक्त कार्यक्रममा उपाध्यक्षद्वय पन्त र आचार्यले शुभकामना व्यक्त गर्दै आफूहरुले तमुधिं यूकेसंग नजिकबाट समन्वय गरि धेरै काम गरेको अनुभव सुनाए ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गरेकामा समस्त तमुधिं यूके कार्यसमिति, सल्लाहकारहरु, तमुधिं इकाई अध्यक्ष, युवा, आमा समूह र आजीवन सदस्यहरु एवं गोरखाली समाज यूके अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार जयप्रकाश गुरुङ र उनको कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन् ।
एनआरएनए यूके उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा तिलकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
तस्विर- मिलन तमु
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय