लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । मंगलबार दिउसो दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी र बेलायत भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले एनआरएनए अध्यक्ष भवन भट्ट एवं उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यलाई औपचारिक बधाइसहित सम्मान गरेका हुन् ।
एनआरएनए पदाधिकारीहरुको कार्यकाल सार्थक, उपलब्धिमुलक र रचनात्मक रहोस् भन्ने शुभकामना दिंदै राजदूत डा. सुवेदीले पुष्पगुच्छा र खादाको सम्मानसहित औपचारिक बधाइ दिए । राजदूत सुवेदीले एनआरएनए अध्यक्ष भट्टले सोमबार बेलायतबाट घोषणा गरेको १० अर्ब रुपैयांको पूर्वाधार विकास कोष समुन्नत नेपाल र देशको आर्थिक विकासको दिशामा ऐतिहासिक एवं दुरगामी असर गर्ने खालको भएको बताए । उनले नेपाल सरकारले गैर आवासीय नेपालीलाई विशेष प्राथमिकतामा राखेको जनाउंदै नेपालको अबको एकमात्र एजेन्डा आर्थिक समृद्धिमा सघाउन सबै समक्ष आग्रह समेत गरे ।
गभर्नर नेपालले पनि एनआरएनएको १० अर्ब रुपैयांको पूर्वाधार विकास कोषको स्वागत गर्दै त्यसमा आफूहरुको सक्दो सहयोग हुने बताए । गभर्नर नेपालले बेलायतवासी नेपालीलाई मातृभूमिको विकासका लागि दत्तचित्त भएर लाग्न आग्रह समेत गरे ।
कार्यक्रममा एनआरएनए अध्यक्ष भट्टले दूतावासप्रति आभार व्यक्त गर्दै विदेशमा रहेका समस्त नेपालीको चाहना समृद्ध नेपाल होस् भन्ने रहेको बताउंदै आफ्नो अभियानमा नेपाल सरकारबाट सधैं साथ पाइरहने आशा व्यक्त गरे ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनए सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए सल्लाहकार डा. हेमराज शर्मा, मिडियाकर्मी, सामाजिक अभियन्ता, युरोपस्थित एनआरएन अभियन्ताहरु लगायतको सहभागिता थियो ।
तस्विर- दिनेशकुमार परियार
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा