सगुन एप दुई साता नपुग्दै लाख बढि डाउनलोड, भाइरल बन्यो भिडियो

लन्डन । सामाजिक सञ्जालमा उदयीमान सोसल 
कमर्स प्लेटफर्म ‘सगुन’ को एन्ड्रोयड मोबाइल एप दुई साता नपुग्दै लाख बढि डाउनलोड भएको छ । एन्ड्रोयड भर्जनमा उपलब्ध सगुन एप हालै बलिउड नायिका श्रद्धा कपुरले इन्डियामा सार्वजनिक गरेकी थिइन् ।

उक्त एप सार्वजनिक कार्यक्रमको भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हालसम्म उक्त भिडियो तीनलाख ६ हजार बढिले हेरिसकेका छन् । ‘यसलाई सगुनप्रतिको माया र सद्भावका रुपमा लिएका 
छौं’, सगुन प्रवर्धनकर्ताले भनेका छन् ।

नेपालीहरुले वर्षौंको मेहनत र लाखौं डलर खर्च गरेर ल्याएको ‘सगुन’ बारे विस्तृत विवरण उक्त एपमा उपलव्ध छ । निकट भविष्यमा आइफोन भर्जनको एप पनि ल्याउने र सोसियल स्मार्ट कार्ड यसै वर्ष ल्याउन गृहकार्य भइरहेको सगुनले जनाएको छ ।

Major highlights of the Sagoon App launch event

Sagoon is creating a new social world from South Asia & we appreciate you to become a part of this innovative movement.Please download the Sagoon app which is being loved by thousands of Android users and provide your feedback: https://play.google.com/store/apps/details?id=com.sagoon.connect.share.earn

Posted by Sagoon on Thursday, January 18, 2018

https://play.google.com/store/apps/details?id=com.sagoon.connect.share.earn

प्रतिक्रिया

सम्बन्धित सामाग्री