युकेका मगरहरूले माघे संक्रान्ति मनाए

लन्डन । बेलायतका मगरहरूले मगरहरुको राष्ट्रिय चाड माघे संक्रान्ति विभिन्न स्थानमा विविध कार्यक्रमका साथ मनाएका छन् ।
बेलायतको जीवनशैली र व्यस्ततालाई विचार गरी जनवरी दोश्रो र तेश्रो साता विविध कार्यक्रमका साथ माघे संक्रान्ति मनाइएको हो ।

यसै क्रममा १२ जनवरीमा बेम्ली शाखाले माघे 
संक्रान्ति मनायो भने १३ जनवरीमा केन्ट शाखा र युएचएसबी शाखाले पितृ पूजा गर्दै माघेसंक्रान्ति मनाए । फानब्रोस्थित पुरानो ओकफार्म स्कुलमा यूएचएसबी शाखाले आयोजना गरेको कार्यक्रमको पहिलो चरणमा मगरहरूको पौराणिक पितृ पूजा गरियो । मगर परम्परा अनुरूप विधिपूर्वक मगर पुजारी ओम थापा काउचा मगरको संयोजकत्वमा तीन 
पुजारीहरु गणेश थापा मगर, ओमबहादुर थापामगर र होम श्रीस मगरले पूजा सञ्चालन गरेका थिए ।

पूजाको साइत प्रथम नौमती बाजा गुल्मी युके समूहको नौमती बाजाको धुनसंग पुजा शुभारम्भ गरिएको थियो भने शाखाकी उपाध्यक्ष श्रीमति हेमा रानाको नेतृत्वमा लेडिज कमिटी अध्यक्ष श्रीमति पदम थापासहित दिदी बैनीहरूबाट उपस्थित सबैलाई तरुल कण्दमुल, खिचडी, बारा, रोटी, बटुक रोटी र अन्य विभिन्न परिकार बांडिएको थियो ।

दोस्रो चरणमा सचिव बीर बलालले औपचारिक कार्यक्रम सुरू गरेका थिए भने कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष लेख रानाले गरेका थिए । प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी थिए भने विशेष अतिथिहरूमा रशमोर बोरो काउन्सिलका काउन्सिल लिडर डेभेट क्याफोड र मगर संघ युकेका प्याट्रोन घन थापा मगर, एनआरएनए बेलायतका उपाध्यक्ष डा. प्रेम आले मगर, शाखाका संस्थापक अध्यक्ष ले.रि. सुनिल राना मगर, मगर संघ युकेका पूर्व अध्यक्षहरू मेजर रि. कुलबहादुर थापा मगर र दुत पुन मगर, एनआरएनए युकेका महासचिव आर के त्रिपाठी, आइसीसी सदस्य श्रीमति शान्ति कुंवर मगर, मगर संघ यूके उपाध्यक्ष श्रीमति सीता पुन, मगर संघ यूकेका संस्थापक महिला संयोजक तथा टष्ट्री मेम्बर श्रीमति गोमा राना, शाखाका निवर्तमान अध्यक्ष क्या.रि.ताम ढेगा थिए ।
सो अवसरमा अतिथिहरूबाट केक काटी शाखाको दशौं वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा लेडिज कमिटीले कौडा नाच देखाएको थियो भने सिनियर सिटीजन आमा समूह (मद्दत समूह) ले सोरठी नाच देखाए । नवयुवाहरू सुश्री सुरक्षा राना र सुश्री पुष्पा रानाको समूहले आकर्षक नाच प्रस्तुत गरेका थिए । नेपालबाट आएका कलाकारहरू बिमाकुमारी दुरा, गायक सन्तु थापा, गायिका मन्जु बिक, गायक मनसुधन थापा तथा क्या.रि. बीर थापा गाहा र तुल्चन्द्र तिलिजाले गीत गाएका थिए ।

शाखाका उपाध्यक्ष रिसिराम रानाले स्वागत मन्तब्य दिएका थिए भने सल्लाहकार तथा पुजारी संयोजक ओम थापा काउचाले माघे संक्रान्ति पर्व र पितृपूजाको विषयमा जानकारी गराएका थिए । बालबालिका अर्जुन थापा र सिओना थापा मगरले अंग्रेजीमा माघेसंक्रान्तिको बारेमा लेख वाचन गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष योग फगामीले वहुभाषी र वहुसंस्कृति बोकेका मगरहरूले बेलायतमा आयोजना गरेको पितृपूजामा सहभागी हुन पाउंदा गौरव लागेको बताए । मगर संघ केन्द्रका तर्फबाट उपाध्यक्ष श्रीमति सीता पुनले मगरहरूको संस्कार 
संरक्षणमा उल्लेखनीय भूमिका खेलेकामा शाखालाई धन्यवाद दिइन् ।
शाखा अध्यक्ष लेख रानाले सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

त्यसैगरी मगर संघ यूकेको रेडिङ शाखा, केन्ट शाखा, वेष्ट लण्डन शाखा, वेल्स शाखा, स्वीन्डन शाखा र प्लमस्टिड शाखाले पनि आफनो इलाकामा धुमधामसंग माघे संक्रान्ति मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री