मस्को, ४ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उहाँको निर्वाचन अभियानका क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर, व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन । उहाँले त्यसताका भन्नु भएजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन ।
बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुदै गएको विश्लेषण गर्न थालिएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो, त्यो रुपमा हुन सकिरहेको छैन ।’
उहाँले भन्नुभयो– ‘हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन ।’
यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कम गर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिनुभएको थियो । उहाँले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताउनुभएको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल