लन्डन । बेलायतस्थित नेपाली महिलाहरुको एउटा क्रियाशिल संस्था ‘एसियन महिला एसोसिएसन’ (आमा) ले पत्रकार रवि लामिछानेको बाढी पीडित प्रोजेक्टलाई एक लाख ४० हजार रुपैयां प्रदान गरेको छ ।
उक्त सहयोग रकम संस्थाकी महासचिव कल्पना गुरुङ र कोषाध्यक्ष सन्जु श्रेष्ठले नेपालमा एक कार्यक्रमबीच पत्रकार लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल ड्रबाट संकलित रकम नेपालमा बाढी पीडितका लागि दिने निर्णय गरे बमोजिम बाढी पीडितका लागि घर बनाउने प्रोजेक्टको नेतृत्व गरिरहेका लामिछिनेलाई सहयोग दिइएको हो ।
आमाकी अध्यक्ष अमिता बेल्बासेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको थियो ।
एसोसिएसनले हरेक वर्ष तीज कार्यक्रमबाट संकलित रकम नेपालमा सक्रिय माइती नेपाल, रक्षा नेपाल जस्ता संस्थालाई दिंदै आएको छ । संस्थाले बेलायतस्थित शिव कल्चर एण्ड कम्युनिटी सेन्टर लगायत विभिन्न च्यारिटेबल संस्थालाई समेत सहयोग गरेको छ ।
आमाले नेपाली कला संस्कृतिको संरक्षणका लागि हरेक वर्ष बेलायतमा वृहत तीज कार्यक्रम गरि समस्त महिलाहरुलाई यहांको परिवेशबारे सुसुचित गराउनुका साथै थप जागरुक बनाउन प्रयत्न गरिरहेको छ ।
संस्थाले हरेक वर्ष नारी दिवसमा विभिन्न निकायका व्यक्तित्वहरुलाई निम्त्याई ‘इन्फरमेसन डे’ को रुपमा पनि मनाउंदै आएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा