
क्रेमलिन, मस्को बैठकमा रसियाली राष्टपति भ्लादिमिर पुटिन (दायां) विदेशमन्त्री सर्गे लाभरोभको कुरा सुन्दै । फाइल तस्विर- एपी
मस्को, १ माघ – रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– ‘यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ ।’
विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
सोमबार उहाँले सो धारणा राख्नुभएको हो । हालैका दिनहरुमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको छ ।
यी दुई देशले गएको जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता गरेका थिए । त्यसपछि सोमबार पनि यी दुवै देशका अधिकारीहरु द्विपक्षीय वार्तामा बसेका छन् । सम्बन्धमा सुधार आएकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका तयार रहेको धारणा हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।
रुसले उक्त वार्ता भएमा त्यसको सहजिकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गर्नुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’