
क्रेमलिन, मस्को बैठकमा रसियाली राष्टपति भ्लादिमिर पुटिन (दायां) विदेशमन्त्री सर्गे लाभरोभको कुरा सुन्दै । फाइल तस्विर- एपी
मस्को, १ माघ – रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– ‘यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ ।’
विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
सोमबार उहाँले सो धारणा राख्नुभएको हो । हालैका दिनहरुमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको छ ।
यी दुई देशले गएको जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता गरेका थिए । त्यसपछि सोमबार पनि यी दुवै देशका अधिकारीहरु द्विपक्षीय वार्तामा बसेका छन् । सम्बन्धमा सुधार आएकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका तयार रहेको धारणा हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।
रुसले उक्त वार्ता भएमा त्यसको सहजिकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गर्नुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]