लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टसंग एक अन्तरक्रिया गर्ने भएको छ । आगामी साता २२ जनवरीमा बेलायत आउन लागेका भट्टसंग २३ जनवरी मंगलबार, सांझ ७ बजे लन्डनमा अन्तरक्रिया गर्न लागिएको हो । इलिंग ब्रोडवेस्थित मन्टिजमा हुने उक्त कार्यक्रममा शाखाले हालै अध्यक्ष निर्वाचित भट्टलाई औपचारिक रुपमा बधाइ र स्वागत गर्ने कार्यक्रम छ । अक्टोबरमा अध्यक्षको नेतृत्व सम्हालेपछि भट्टको यो पहिलो बेलायत भ्रमण हो ।
अन्तरक्रियामा गैर आवासीय नेपाली संघको भावी योजना, केही अनलाइनमा संघका विरुद्ध हाल आइरहेका समाचार, विदेशमा रहेका नेपालीको संघबाट अपेक्षा, एनआरएनए र पत्रकारहरुबीच व्यवसायिक सम्वन्ध लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
उता, गैर आवासीय नेपाली संघ बेलायतले पनि २२ तारिखमा भट्टसहित राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल, ग्लोबल आइएमइ बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनआरएनए आइसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य लगायत अभियन्तासंग अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रमको संयोजन एनआरएनए यूके उपाध्यक्ष शेर सुनारले गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा