लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आगामी जनवरी २७ तारिखका दिन मिडिया तथा पत्रकारिता सम्बन्धि एक कार्यशाला गोष्ठी गर्ने भएको छ ।
बेलायतमा रहेका आदिवासी जनजाति समुदायबीच मिडिया र पत्रकारिताका आधारभूत पक्षहरुमा दिक्षित गराउने र आदिवासी जनजाति नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप फोनिज यूकेले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
अल्डर्शटको भेटघाट रेस्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, रेडियो बिजिडब्ल्युएसका निर्देशक सोनाम छिरिङ शेर्पा र नागरिक पत्रकारिताका बिज्ञ डा. नरेशचन्द्र राई प्रमुख प्रशिक्षक रहनेछन् भने बीबीसी नेपाली सेवाका सम्पादक भगीरथ योगीलाई पनि अतिथि प्रशिक्षकको रुपमा निमन्त्रणा गरिएको छ ।
डा. नरेशचन्द्र राई नागरिक पत्रकारिताका बिज्ञ हुन् र उनले रोबर्ट गोर्डन युनिभर्सिटीबाट सिटीजन जर्नालिजममा पीएचडी गरेका छन् ।
फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राईका अनुसार कार्यशाला गोष्ठीको प्रकृति मिडिया प्रशिक्षणको जस्तो हुने र गोष्ठीको बिषय ‘आदिवासी जनजाति पत्रकारहरुको क्षमताको अभिवृद्धि’ रहेको छ । तथापि प्रस्तुतकर्ताले आफ्नो बिज्ञताको क्षेत्र र अनुभवको आधारमा पत्रकारिता सम्वन्धि कुनै पनि बिषयमा प्रस्तुती दिन सक्नेछन् । तसर्थ प्रमुख धारका पत्रकारिता गर्दै आएका र मिडिया सम्बन्धि ज्ञान लिन चाहने इच्छुक सबैलाई राईले उपस्थितिको लागि आब्ह्वान गरेकी छन् ।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी फोनिज यूकेको वेवसाइट www.fonijuk.org बाट लिन सकिन्छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा