बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १३:११ | UK Time: 08:26

छुट्टिनु नै पर्ने रहेछ मनले नमानेपनि…

वीनेपाली
२०७४ माघ १ गते १:३८

लन्डन । गीतकार दीप गिरीले रचेको ‘चारै दिशा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शिखर सन्तोषले संगीत भरेको उक्त गीत गायक राज खम्वु र सुप्रसिद्ध भारतीय गायिका साधना सरगमको सुरिलो स्वरले कर्णप्रिय वनेको छ ।

सान थापाले निर्देशन गरेको सो म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय छ भने कोरियोग्राफर राजिप समिर रहेका छन् । त्यसैगरी छायांकन सौराप लामा र सम्पादन सपिम पराजुलीले गरेका थिए ।

संगीतकार राजु सिंहको ‘प्रतिबिम्ब भाग २’ एल्बमवाट २०५० साल ताका ‘सुनकेशरी’ बोलको गीतबाट रचना शुरु गरेका गीतकार गिरीका ‘फुटेको ऐना’ बोलको गीत गायक कर्ण दासले र योजना पुरीको समर्पण एल्बममा ‘मौका नै दिएनौ’ नामको गीत सार्वजनिक भइसकेका छन् भने केही गीतहरु आउने क्रममा छन् ।

गीत यो लिङ्कमा हेर्न सकिन्छ-

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक