लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डन इकाईले शनिबार एक समारोहबीच तमुहरुको मौलिक पर्व खी ल्होछार मनाएको छ । प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा मनाइएको १५ औं ल्होछार कार्यक्रममा विदेशी, तमु र गैर तमु गरि सयौं सहभागी भए । रंगीबिरंगी हल र प्रवेशद्वार सजावट एवं तमु पोशाकमा सजिएका सहभागीको भीडले गर्दा नेपालमै ल्होछार मनाइएको आभास धेरैले गरे ।
इकाईका महासचिव हयारी गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी ग्रीनवीच बरोका पूर्व मेयर काउन्सिलर नोर्मन आडम, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासका अटयाची तेजेन्द्र रेग्मी, एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ लगायतले ल्होछार शुभकामना दिंदै इकाईको सामाजिक, सांस्कृतिक तथा समुदायमा अन्य योगदानको प्रशंसा गरे ।
कार्यक्रमको अध्यक्षता गरेका इकाई अध्यक्ष श्रीचन्द्र गुरुङले शुभकामना दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । महासचिव हयारी गुरुङले हेल्थ एण्ड सेफ्टीबारे प्रकाश पार्दै इकाईले गरेका गतिविधिबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य दिए भने कार्यक्रम संयोजक सूर्य गुरुङले ल्होछार महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य समाजसेवी मोहन गुरुङ, धर्म गुरु गुप्ती लामा, साफा डिभिजनल सेक्रेटरी गेरी आर्मस्ट्रङ, टेरेसा ओनिल, स्टेफेन ब्राउन, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पासा पुच गुठी साउथ इष्ट लन्डन अध्यक्ष सुशील प्रजापति, एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, कुमार श्रेष्ठ, व्यवसायी नरेन्द्र कंडेल, पशुपति मन्दिर कमिटीका सहदेव गिरी, अर्कराज तिम्सिना, तमुधिं यूके पूर्व अध्यक्षहरु सुवसिं गुरुङ, कमल गुरुङ लगायत सयौं सहभागी थिए ।
इकाईले एनआरएनएमा हालै मनोनित एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य एवं इकाईका सल्लाहकार समाजसेवी मोहन गुरुङ, इकाईका प्रमुख सल्लाहकार क्याप्टेन रिटायर्ड नारायणबहादुर गुरूङ एमभिओ र श्रीमती चन्द्रदेवी गुरूङ, एनआरएनए यूके उपाध्यक्षहरु ललित न्यौपाने, पुनम गुरुङ, उत्कृष्ट गुरुङ पोशाक लगाएका जीवन गुरुङ र रन्जु गुरुङकी छोरी रेजिना गुरुङ र वेत तथा सुमित्रा घलेका सुपुत्र सेमन घले र आजीवन सदस्यहरुलाई विशेष सम्मान गरेको थियो ।
कार्यक्रमको दोश्रो चरण सांस्कृतिकमय भएको थियो । कार्यक्रम संयोजक सूर्य गुरुङ र सचिव लक्षुमण गुरुङले सञ्चालन गरेको उक्त चरणमा नेपालबाट आएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गायन तथा नृत्यमा बजोड प्रस्तुति दिए ।
सांस्कृतिक कार्यक्रममा मुख्य आकर्षण बनिन् गायिका मेलिना राई । अहिले देश विदेशमा निक्कै रुचाइएकी गायिका मेलिनाले मनको केही हुन्न भर, छल छल छल्क्यो पानी, चरी जस्तो उड्न पाए, शिरैमा शिरबन्दी, छपक्कै फूल फुल्यो, कुटुमा कुटु जस्ता आफ्ना कयौं हिट गीत सुनाइन् । उनको गीतमा ननाच्ने दर्शक कमै थिए ।
मेलिनासंग गायक नरजंग गुरुङ र मौसमी गुरुङले पनि गायन प्रस्तुत गरे । स्थानीय कलाकारहरु यमु गुरुङ, मुना गुरुङ, शशी गुरुङ लगायतले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । इकाईको आमा समूहले पनि नाच देखाएको थियो ।
अन्त्यमा डिजे हेम बिष्टले ‘ककटेल डान्स’ मा सहभागीलाई नचाए ।
तस्विरहरु- मिलन तमु
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल