प्योङयाङ, उत्तर कोरिया, २९ पुस – दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ ।
उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा प्रकाशित एक लेखमा भनिएको छ, ‘अव उत्तर र दक्षिण कोरियाबीच समस्या समाधानका गर्ने र सम्बन्ध सुधार गर्नका लागि इमान्दार छलफल गर्ने वेला भएको छ ।’
सोल र प्योङयाङबीच गत मङ्गलबार पानमुनजोममा विगत दुई बर्षमा पहिलो पटक उच्च स्तरीय वार्ता भएको थियो । वार्तामा प्योङचाङमा हुने शीतकालिन ओलम्पिक खेलमा उत्तर कोरियालाई सहभागी गराउने दुई देशबीच सहकार्य र तनाव कम गर्ने बिषयमा केही सहमति भएको थियो । यसैलाई उदाहरण दिँदै दुई मुलुकबीचको इमान्दार प्रयास सम्बन्ध सुधारका लागि आवश्यक रहेको पुष्टि भएको उत्तरको दावी छ ।
उत्तर कोरियाली नेता किम जोङ–अनले नयाँ बर्षको पहिलो दिन सम्बन्ध सुधारका लागि प्रस्ताव गरेपछि वार्ता हुन सकेको हो ।
शनिबार दक्षिण कोरिया र उत्तर कोरियाबीच कार्यस्तरीय वार्ताका लागि अर्को हप्ता छलफल हुने बताइएको सोलका एकिकरण मामिला मन्त्रीले बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार