ट्युनिस, २८ पुस – ट्युनिसियामा मुल्यवृद्धि विरुद्ध भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् ।
सोमबार राती देखि भएको प्रदर्शनका क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मीकाबीच पटक पटक भएका झडपपछि उनीहरूलाई गिरफ्तार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले जानकारी दिनुभयो ।
उहाँले पछिल्ला दिनमा अघिल्ला दिनहरूको तुलनामा आन्दोलन बिस्तारै थप आक्रमक र हिंसात्मक हुदै गएको बताउनुभयो ।
उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन ।
उहाँले प्रदर्शनकारीहरूबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि बताउनुभयो । प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलन नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।
तानाशाह जीन एल अबिडिन बेन अलीको लामो समय सम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रुपान्तरण भईरहेको छ । तर, यसै बर्षको सुरु देखि भने निराशा र असन्तुष्टी व्यक्त भएको छ । मुल्यबृद्धि, संघर्षपूर्ण अर्थतन्त्र लगायतका कारणले निराशा छाएर प्रदर्शन सुरु भएको हो ।
प्रदर्शनका क्रममा भएका झडपमा परी ११ प्रान्तमा रहेका गोदाम, प्रहरी चौकी, निजी तथा व्यापारीक प्रतिष्ठान र बैंकहरूमा क्षति पुगेको छ ।
प्रवक्ता चिबानीले ९६ जना सुरक्षाकर्मी घाइते भएका र ८७ सवारी साधनहरूमा क्षति पुगेको जानकारी दिनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार