जेनेभा, स्वीट्जरल्याण्ड, २८ पुस – मानव अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघ उच्च आयोग (यूएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिकाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी शुक्रबार यसको आलोचना गरेको छ ।
अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गर्नुभएको बताइएको छ ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्रयाट सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपरयो भनी प्रश्न गर्नुभएको थियो ।
राष्ट्रसङ्घले ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुककाबारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कङ्ग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर राष्ट्रसङ्घले अमेरिकी राष्ट्रपतिको आलोचना गरेको हो ।
यूएनएचसिआरका प्रवक्ता रुपट कोलभिलले भन्नुभयो,’ट्रम्पको आप्रवासीबारे आएको धारणा ‘लज्जाजनक’ तथा ‘दुखद’ हो ।’
उहाँले भन्नुभयो- ‘दुख लाग्छ तर उहाँले प्रयोग गरेका शब्द ‘जातिवादी’ अभिव्यक्तिभन्दा अन्य केही हुनसक्दैन ।’
कसैले पनि कुनै देश वा महादेशको सम्पूर्ण जनसङ्ख्या गोराजातिको नभएकै कारण उनीहरूलाई कुनै देशमा स्वागत नगर्न नपाइने कोलभिलले बताउनुभयो ।
वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न