जेनेभा, स्वीट्जरल्याण्ड, २८ पुस – मानव अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघ उच्च आयोग (यूएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिकाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी शुक्रबार यसको आलोचना गरेको छ ।
अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गर्नुभएको बताइएको छ ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्रयाट सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपरयो भनी प्रश्न गर्नुभएको थियो ।
राष्ट्रसङ्घले ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुककाबारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कङ्ग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर राष्ट्रसङ्घले अमेरिकी राष्ट्रपतिको आलोचना गरेको हो ।
यूएनएचसिआरका प्रवक्ता रुपट कोलभिलले भन्नुभयो,’ट्रम्पको आप्रवासीबारे आएको धारणा ‘लज्जाजनक’ तथा ‘दुखद’ हो ।’
उहाँले भन्नुभयो- ‘दुख लाग्छ तर उहाँले प्रयोग गरेका शब्द ‘जातिवादी’ अभिव्यक्तिभन्दा अन्य केही हुनसक्दैन ।’
कसैले पनि कुनै देश वा महादेशको सम्पूर्ण जनसङ्ख्या गोराजातिको नभएकै कारण उनीहरूलाई कुनै देशमा स्वागत नगर्न नपाइने कोलभिलले बताउनुभयो ।
वासिङ्टन पोस्ट पत्रिकाका अनुसार यस शब्दको विषयलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]