न्यूयोर्क । उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ आगामी शनिबार र आइतबार न्यूयोर्कमा हुने भएको छ । पहिलो पटक हुन लागेको उक्त सम्मेलनमा अध्यक्ष पदका लागि लक्यान लामाले उम्मेदवारी घोषणा गरेका छन् । लामाले थकाली किचनमा एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
लामाले उम्मेदवारी घोषणा गर्दै ७ बुंदे प्रतिवद्धता र ४ बुंदे गुरुयोजना सहित घोषणपत्र पनि सार्वजनिक गरेका छन् । उनले तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रष्टी बनाउन आवश्यक पहल गर्ने, दक्ष प्राविधिक एवं विज्ञहरुको सहभागितामा भर्चुअल तामाङ अनलाइन स्कुल सञ्चालन गर्ने, भाषा, धर्म, कला र संस्कृति संरक्षण र संवर्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, न्यूयोर्कमा केन्द्रिय कार्यालय स्थापना गर्ने, विभिन्न ख्यातिप्राप्त कलाकारहरुको सहभागितामा डम्फू सांझ सांस्कृतिक कार्यक्रम गर्ने, आपतविपद निराकरणका लागि समिति बनाएर काम गर्ने लगायतका प्रतिवद्धताहरु अघि सारेका छन् ।
त्यस्तै, तामाङ संघसंस्थाको सहभागितामा ग्लोवल तामाङ कन्फरेन्स गर्ने, प्रवासमा रहेका तामाङ संघ संस्था र व्यक्तिहरुको सहयोगमा अन्तर्राष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, तामाङ प्रशासकीय भवन बनाउने र तामाङहरुको आर्थिक समृद्धिका लागि संयुक्त लगानीका लागि पहल गर्ने लगायतका बुंदा उनको गुरुयोजनामा समावेश छन् ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । छलफल र सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै वाइवाले अध्यक्षका प्रत्यासी साथीहरु बसेर छलफल गन सुझाव दिए ।
यसैबीच, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर शान्ताबाबु थोकरले सम्मेलनबाट तामाङहरुको साझा घर बनाउन लागेको भन्दै अध्यक्षका प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिएका छन् । त्यस्तै अध्यक्षका प्रत्यासी भरत लामाले एक अर्कालाई हिलो छ्याप्ने काम नगरी मिलेर जान र सर्वसम्मत भएर जान अनुरोध गर्दै शुभकामना दिए ।
तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) का पूर्व अध्यक्षहरु, राम तामाङ, सुवास लामा, इन्द्र तामाङ, सूर्य तामाङ, भोजराज थोकर, गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका) का महासचिव बिआर लामा, टिएसएका महासचिव अमर तामाङ, एनआरएनए अमेरिकाका युवा संयोजक पवन योञ्जन लगायतले शुभकामना दिंदै सहमति र सल्लाह गरेर मिलेर जान सुझाव दिएका छन् ।
को हुन लक्यान ?
पर्सा जिल्लाको ठोरीमा जन्मिएका लक्यान लामा नेपाल सरकारको समाज कल्याण परिषदमा सहायक निर्देशक र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रमुख स्वकीय सचिवको रुपमा काम गरिसकेका व्यक्ति हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका लामाले नेपालमा रहंदा प्रशासनिकसंगै कानुन ब्यवसायीको रुपमा सर्वोच्च अदालतमा वहस गरेका थिए ।
सन् २००६ मा भारतको दार्जिलिङमा भएको दोश्रो अन्तर्राष्ट्रिय तामाङ काउन्सिल सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै विधान संसोधन कमिटीमा रहेर काम गरेपछि लामाले तामाङ सुमदायको हक, हित र अधिकारका लागि काम गर्दै आएका छन् ।
तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव भएर तामाङ समुदायको हक हितका लागि काम गरिसकेका लामा नर्थ अमेरिका तामाङ कन्फरेन्सको २५ सदस्यीय तदर्थ समितिका सदस्य सचिवको रुपमा काम गरिरहेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने