लन्डन । ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले सार्वजनिक पदमा बसेका व्यक्तिले उनीहरुको काम वा व्यक्तित्वकाबारेमा आलोचना सुन्न सक्नुपर्ने बताएका छन् ।
डा. गोविन्द केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरि बयान लिइएका सम्वन्धमा प्राध्यापक सुवेदीले उक्त धारणा राखेका हुन् । ‘आलोचना प्रजातन्त्रको एउटा अंग हो’, सुवेदीले भने, ‘अदालतको मानहानीको औजार विरलै र निकै सावधानीपूर्वक मात्र प्रयोग गर्नुपर्छ । केसीलाई दोषी ठहराइए पनि उहांले अपिल गर्न पाउनुपर्छ । अपिलपछि पनि दोषी ठहराएमामात्र गिरफतार गर्न पाइन्छ । अहिले उनको गिरफ्तारी न्यायोचित होइन ।’
यसअघि सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल भएको उल्लेख गरेका थिए । उनले नेपालको न्याय ’छापामार शैली’ को भन्दै आक्रोश र निन्दा समेत गरेका छन् ।
‘माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालिन प्रधानन्यायधिश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तार गर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको छ’- सुवेदीको वक्तव्यमा छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक