लन्डन । ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् ।
सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल भएको उल्लेख गरेका छन् ।
उनले नेपालको न्याय ‘छापामार शैली’ को भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
‘माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालिन प्रधानन्यायधिश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तार गर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको छ’, सुवेदीको वक्तव्यमा छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री