लन्डन । ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् ।
सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल भएको उल्लेख गरेका छन् ।
उनले नेपालको न्याय ‘छापामार शैली’ को भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
‘माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालिन प्रधानन्यायधिश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तार गर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको छ’, सुवेदीको वक्तव्यमा छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा