रियाद, साउदी अरब, २२ पुस – साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको स्थानीय शब्क अनलाइन समाचार संस्थाले शनिबार जनाएको छ ।
दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।
साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको विजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सवै राजकूमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।
राजकूमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गत बर्ष हत्या अभियोगमा मृत्यु दण्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।
उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।
साउदी सरकारले देशले गर्न चाहेको सुधार कार्यक्रम अन्तर्गत यहाँका राजकूमारहरूलाई पक्राउ गरेको तथा गत बर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]