लन्डन । ६१ वर्षीय भूतपूर्व गोर्खा सन्त पुनलाई नयां वर्षले अभूतपूर्व खुशी ल्याइदिएको छ । नयां वर्षको शुरुवातमै उनले बेलायतको प्रतिष्ठित ‘एमबीइ’ (मेम्बर अफ द अर्डर अफ दि ब्रिटिश एम्पायर) पदकको पत्र पाए । झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा गरेका स्वीन्डन निवासी मेजर रिटायर्ड सन्त पुनलाई शुरुमा यो पदक पाएको पत्र देखेर विश्वास नै लागेन । ‘मलाई आशा नै थिएन’, पुनले स्थानीय अनलाइन स्वीन्डन एडभर्टाइजरसंग भनेका छन्, ‘शुरुमा चिठी पाउंदा यो सांचो हो कि नक्कली म सोचमग्न भएं । तर, जब क्याबिनेट अफिसबाट फोन आयो अनि म ढुक्क भएं र औधि खुशी पनि ।’
आफ्नो बाबुकै पथ पछ्याउंदै सन् १९७४ मा गोर्खामा भर्ती भएका थिए पुन । २७ वर्ष ब्रिटिश आर्मी सेवाका सिलसिलामा उनले हङकङ, ब्रुनाइ, नेपाल, बोस्निया, कोसोभो लगायत विश्वका कयौं देशमा काम गरे । ‘म आर्मी जीवनमा सधैं खुशी भएं । हरेक क्षण अविष्मरणीय रहयो । मलाई गोर्खा हुनुमा गर्व छ’, उनी भन्छन् ।
सन् २००१ मा ब्रिटिश आर्मी जागिरबाट अवकास लिएर स्वीन्डन बस्न थालेका उनी त्यसपछि डिफेन्स एकेडेमीको आर्मी डिभिजनमा कोअर्डिनेशन स्टाफ अफिसर भए । वर्षको दुई पटक कोर्स सञ्चालन गर्नुपर्ने उनको जिम्मेवारी थियो र झण्डै चारसय विद्यार्थी हुन्थे । उनी ब्रिटिश आर्मी र रोयल मरिन मेजर्सलाई दिन दिनै प्रशिक्षण कार्यक्रम गर्थे । उनले आर्मी रिजर्भमा पनि ८ वर्ष काम गरेर गत वर्ष अवकास लिएका थिए ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो