लन्डन । ६१ वर्षीय भूतपूर्व गोर्खा सन्त पुनलाई नयां वर्षले अभूतपूर्व खुशी ल्याइदिएको छ । नयां वर्षको शुरुवातमै उनले बेलायतको प्रतिष्ठित ‘एमबीइ’ (मेम्बर अफ द अर्डर अफ दि ब्रिटिश एम्पायर) पदकको पत्र पाए । झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा गरेका स्वीन्डन निवासी मेजर रिटायर्ड सन्त पुनलाई शुरुमा यो पदक पाएको पत्र देखेर विश्वास नै लागेन । ‘मलाई आशा नै थिएन’, पुनले स्थानीय अनलाइन स्वीन्डन एडभर्टाइजरसंग भनेका छन्, ‘शुरुमा चिठी पाउंदा यो सांचो हो कि नक्कली म सोचमग्न भएं । तर, जब क्याबिनेट अफिसबाट फोन आयो अनि म ढुक्क भएं र औधि खुशी पनि ।’
आफ्नो बाबुकै पथ पछ्याउंदै सन् १९७४ मा गोर्खामा भर्ती भएका थिए पुन । २७ वर्ष ब्रिटिश आर्मी सेवाका सिलसिलामा उनले हङकङ, ब्रुनाइ, नेपाल, बोस्निया, कोसोभो लगायत विश्वका कयौं देशमा काम गरे । ‘म आर्मी जीवनमा सधैं खुशी भएं । हरेक क्षण अविष्मरणीय रहयो । मलाई गोर्खा हुनुमा गर्व छ’, उनी भन्छन् ।
सन् २००१ मा ब्रिटिश आर्मी जागिरबाट अवकास लिएर स्वीन्डन बस्न थालेका उनी त्यसपछि डिफेन्स एकेडेमीको आर्मी डिभिजनमा कोअर्डिनेशन स्टाफ अफिसर भए । वर्षको दुई पटक कोर्स सञ्चालन गर्नुपर्ने उनको जिम्मेवारी थियो र झण्डै चारसय विद्यार्थी हुन्थे । उनी ब्रिटिश आर्मी र रोयल मरिन मेजर्सलाई दिन दिनै प्रशिक्षण कार्यक्रम गर्थे । उनले आर्मी रिजर्भमा पनि ८ वर्ष काम गरेर गत वर्ष अवकास लिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा