सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १०:३८ | UK Time: 04:53

इरानमा सरकार विरोधी प्रदर्शनमा दशको मृत्यु

रासस-एएफपी
२०७४ पुष १७ गते २०:१०

तेहरान, १६ पुस – इरानमा रातभरी भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । अहिले जारी प्रदर्शनका क्रममा सवै भन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनु भएको छ ।

मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका छन् । सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ ।

स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर इजेहमा गोली हानी हत्या भएको बताउनुभयो । यी बाहेक किशोरावस्थाका एक किशोरसहित अन्य दुई जना पनि मारिएका छन् । इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या विगत चार दिनमा १२ पुगेको छ ।

यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीले जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुंदै गएका छन् ।

इरानको दोस्रो ठूलो सहर मस्साड र अरु पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर प्रदर्शन गरेका विभिन्न सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका उनीहरुले बताएका छन् ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकार विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक