न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १७ पुस – उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् ।
नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा उनले दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरिएको अनुवादमा उद्धृत गरिएको छ, ‘अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी) ले यसलाई धम्की होइन यथार्थको रूपमा लिनु जरुरी छ ।’
नेता उनले थप अगाडि भनेका छन्, ‘उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो र शान्ति चाहन्छ ।’ उनले तत्काल आणविक हतियारको प्रयोग हुने स्थिति नभएको बताउँदै भने, ‘संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्ध शुरु गर्न सक्दैन । हामी विरुद्ध उत्तेजित भएर नआउँदासम्म हामीले आणविक हतियारको प्रयोग गर्न चाहेका छैनौ ।’
यसबाहेक उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकासको बर्ष बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो नीति परिवर्तन गर्ने बिषयमा अपेक्षा नगर्न भनिएको छ । ‘यसको अस्तित्व अजेय शक्तिमा रहेको छ जुन न त बेवास्ता गर्न सकिन्छ न अन्त्य गर्न नै सकिन्छ ।’
अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बरमा गरेको विशाल आणविक क्षेप्यास्त्रको परीक्षण साथै नोभेम्बरमा शक्तिशाली आसिविएमले विश्वले चासो व्यक्त गर्दै आएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने