न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १७ पुस – उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् ।
नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा उनले दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरिएको अनुवादमा उद्धृत गरिएको छ, ‘अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी) ले यसलाई धम्की होइन यथार्थको रूपमा लिनु जरुरी छ ।’
नेता उनले थप अगाडि भनेका छन्, ‘उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो र शान्ति चाहन्छ ।’ उनले तत्काल आणविक हतियारको प्रयोग हुने स्थिति नभएको बताउँदै भने, ‘संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्ध शुरु गर्न सक्दैन । हामी विरुद्ध उत्तेजित भएर नआउँदासम्म हामीले आणविक हतियारको प्रयोग गर्न चाहेका छैनौ ।’
यसबाहेक उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकासको बर्ष बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो नीति परिवर्तन गर्ने बिषयमा अपेक्षा नगर्न भनिएको छ । ‘यसको अस्तित्व अजेय शक्तिमा रहेको छ जुन न त बेवास्ता गर्न सकिन्छ न अन्त्य गर्न नै सकिन्छ ।’
अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बरमा गरेको विशाल आणविक क्षेप्यास्त्रको परीक्षण साथै नोभेम्बरमा शक्तिशाली आसिविएमले विश्वले चासो व्यक्त गर्दै आएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण