लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीले प्लमस्टिडस्थित चौतारी रेस्टुरेण्टमा क्रिसमस तथा नयां वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
स्थानीय चर्चित ब्याण्ड ‘दाजु भाई इंक’ को प्रस्तुतिसहित सांस्कृतिक माहोलमा भएको उक्त कार्यक्रममा स्थानीय काउन्सिलर म्याथु म्यारो र एन्जेला कोनफोर्थ विशेष अतिथीका रुपमा उपस्थित थिए । कार्यक्रममा एनआरएनए अष्ट्रियाका उपाध्यक्ष मनोज बिष्ट, एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, ब्यबसायी नरेन्द्र कंडेल, पशुपति मन्दिर कमिटीका अध्यक्ष सहदेव गिरी, पासा पुच साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापति, एनआरएनए यूकेका सदस्य अर्कराज तिमिल्सिना लगायत अतिथीको पनि उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिगोविन्द गुरुङ तथा एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य तथा संस्थाका बरिष्ठ सल्लाहकार मोहन गुरुङले अष्ट्रिया एनआरएनए उपाध्यक्ष बिष्टलाई खादा लगाई स्वागत गरेका थिए ।
संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको उक्त अनौपचारिक कार्यक्रममा उपस्थित सबैलाई अध्यक्ष हरि गोविन्द गुरुङले स्वागत तथा धन्यवाद दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा