मस्को, १३ पुस – रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गर्नुभएको छ । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उहाँले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको अधिकारीहरूले बताएका छन् ।
उहाँको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ ।
पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहदानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाउनु भएको छ ।
रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै पुटिनले शासन गर्नुभएको छ ।
लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ बर्षिय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भएमा आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउनु हुनेछ ।
यस पटक पनि एक दिन अगाडी ख्याती प्राप्त व्यक्तिहरु, राजनीतिज्ञहरु र खेल क्षेत्रका अगुवाहरु गरी झण्डै छ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए ।
यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए । उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिनु भएको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी