काबुल, अफगानिस्तान, १३ पुस – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको दास्त–आई–बार्ची भन्ने ठाउँमा रहेको सांस्कृतिक क्षेत्रमा एक पछि अर्को गर्दै भएका दुई आत्मघाती वम हमलामा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा ८४ जना घाइते भएका सुरक्षाकर्मीले मङ्गलबार बताएका छन् ।
जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले घटनाबारे सञ्चारकर्मीलाई जानकारी दिँदै बताउनुभयो, ‘घटनामा चार महिला, दुई बालबालिकासहित जम्मा ४१ जनाको मृत्यु भएको छ भने आठ महिलासहित ८४ जना घाइते भएका छन् ।’
दास्त–आई–बार्चीस्थित तेब्यान सामाजिक तथा सांस्कृतिक केन्द्रमा विहानको समयमा गराइएको उक्त घटनामा घाइते भएकामध्ये पाँच जना शख्त घाइते भएका सुरक्षाकर्मीले बताएका छन् ।
विस्फोट हुँदा नजिकै रहेको तीनतले भवनमा बैठक भइरहेको बताइएको छ । बैठक कस्को र के बिषयमा भइरहको भन्ने बिस्तृत जानकारी सुरक्षाकर्मीले गराएको छैन ।
विस्फोट लक्षित गरिएको भवनमा स्थानीय समाचार माध्ययम सादा–ए–अफगान न्यूज एजेन्सीको कार्यालयसमेत रहेको बताइएको छ ।
घटनाको स्थानीय स्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ ।
करिब ५० लाख जनसङ्ख्या रहेको अफगानिस्तानको राजधानीमाथि विगत दुई बर्ष यता श्रृङ्खलावद्ध आक्रमण हुँदै आएका छन् ।
पाकिस्तानद्वारा काबुल आक्रमणको निन्दा
इस्लामावाद, पाकिस्तान, १३ पुस -अफगानिस्तानको राजधानी काबुलको एक सांस्कृतिक क्षेत्रमा अवस्थित भवनमा जम्मा भएका केही मानिसलाई लक्षित गरी गराएको आक्रमणको पाकिस्तानले कडा शब्दमा भत्र्सना गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले घटना भएको केही घण्टामै एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान कायरतापूर्ण आतङ्ककारी हमलाको कडा शब्दमा निन्दा गर्छ ।’
‘यस दुखद घडीमा पाकिस्तान सरकार मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना अर्पण गर्छ’, विज्ञप्तिमा भनिएको छ- ‘साथै यस दुखद घडीमा पाकिस्तान अफगान सरकार तथा असल अफगानी मित्रहरूसँग मिलेर आतङ्कवाद विरोधि अभियानमा अघि बढ्ने ऐक्यवद्धता जनाउन चाहन्छ ।’
मङ्गलबार विहान भएका आत्मघाती आक्रमणमा दुई आक्रमणकारीसहित ४१ जना सर्वसाधारणको मृत्यु र ८४ जना घाइते भएका थिए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]