लन्डन । प्रसिद्ध लोक गायिका मनु नेम्बाङलाई पांचथर समाज सेवा यूकेले एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक रुपमा बिदाई गरेको छ । गत मंगलबार अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टमा आयोजित बिदाई कार्यक्रममा समाजका सदस्यहरु र अतिथिहरुको उल्लेख्य उपस्थिति थियो । सेप्टेम्बरदेखि आफ्नो सांगीतिक यात्रामा बेलायत रहेकी गायिका नेम्बाङ छिट्टै नेपाल जाने कार्यक्रम छ ।
कार्यक्रमको शुरुमा समाजका अध्यक्ष चन्द्र बहादुर सुन्दास र समाजको महिला विभागकी अध्यक्ष श्रीमती नन्द कुमारी सुन्दासले प्रमुख अतिथि गायिका सुश्री नेम्बाङलाई खादा र पुष्प गुच्छाले स्वागत गरे ।
त्यस्तै, कार्यक्रममा उपाध्यक्ष यदुचन्द्र लावतीले स्वागत मन्तब्य दिए भने अर्की उपाध्यक्ष शान्ति लिम्बुले कलाकार मनु नेम्बाङको जीवन यात्रा र सफलताबारे चर्चा गरिन् । कार्यक्रमका विशेष अतिथि याक्थुङ चुम्लुङ यूकेका सह-अध्यक्ष तिलविक्रम सम्बाहाम्फे र समाजका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नगेन्द्रराज नेम्बाङले गायिका नेम्बाङलाई स्वागत गर्दै सांगीतिक जीवनको निरन्तर सफलताको शुभकामना दिए ।
मन्तब्यका क्रममा संगीत सर्जक सुवर्ण नेम्बाङले कलाकार नेम्बाङले चार महिना लामो बेलायत बसाईको अवधिमा आफ्नो सांगीतिक कार्यक्रम मात्र सफल नबनाइ बेलायतमा रहेर संगीतमा दक्षता लिन चाहने नयां कलाकारहरुलाई तालिम पनि दिएर नेपाल फर्कन लागेको बताए । समाजका वरिष्ठ सल्लाहकार समेत रहेका सुवर्ण नेम्बाङले मनु नेम्बाङको यस प्रयास बेलायतमा आउने जाने अन्य नेपाली कलाकारहरुका निम्ति पनि उदाहरणीय हुने जनाए ।
गायिका नेम्बाङलाई आफनो सांगीतिक यात्रा सफलतापूर्वक पुरा गरेको उपलक्ष्यमा पांचथर समाज सेवा यूके, नेम्बाङ समाज यूके र एभरेष्ट टाइम्स्ले छुट्टाछुट्टै प्रमाणपत्र र खादा सहित बधाई तथा शुभकामना दिएका थिए ।
प्रमुख अतिथि कलाकार नेम्बाङले कार्यक्रम आयोजना गरी बिदाई गरेकामा आफू भावुक भएको बताउंदै उपस्थित समुदाय लगायत आफ्नो बेलायतको सांगीतिक भ्रमणको ब्यवस्थापनमा संलग्न सबै संघसंस्थाहरुप्रति आभार प्रकट गरिन् । उनले आफू पांचथरेहरुको चेली भएको र बिदाई कार्यक्रम पनि पांचथर समाज यूकेले गर्दा थप खुशी लागेको बताइन् ।
मन्तब्यपछि उनले आफ्ना केही गीत गाएर अनि आफ्नो गृहजिल्ला पांचथरका गाउंघरका बुढी आमैहरुको ‘क्यारिकेचर’ गरेर उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन् ।
अध्यक्ष चन्द्र बहादुर सुन्दासले औपचारिक कार्यक्रम समापन गर्ने क्रममा कलाकार नेम्बाङलाई आफ्नो यस पटकको सांगीतिक यात्रा सफल भएकोमा बधाई र सहयोगीहरु सबैलाई धन्यवाद दिए । औपचारिक कार्यक्रमको अन्तमा उपस्थित सबैजना रात्रीभोजमा सरिक भए ।
![]()
कलाकार मनु नेम्बाङले दुई दशकअघि आफ्नो सांगीतिक यात्रा शुरु गरेकी हुन् । विशेष गरी पूर्वेली लोक भाकामा दख्खल राखेपनि उनले सबै धारका गीत गाउने गरेकी छन् । उनले लिम्बु भाषामा चार र नेपालीमा तीन गरी ७ वटा एकल एल्बम निकालिसकेकी छन् भने अन्य दर्जनौं युगल गीत रेकर्ड गराएकी छन् ।
हालैका वर्षमा समाजसेवामा पनि निकै सक्रिय नेम्बाङले केही दिनअघि मात्र किरात याक्थुङ चुम्लुङ यूकेले खरिद गर्न लागेको लिम्बु सामुदायिक भवन चुम्लुङहिमका लागि एक लाख रुपैयां सहयोग गरेकी छन् ।
विदाइको भिडियो-
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने