लन्डन । तमुधिं यूकेले १७ औं ल्होछार भव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी ३० डिसेम्बर, २०१७ सांझ रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा कार्यक्रम हुंदैछ । चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गरेर तमुहरुले ल्होछार मनाउंदैछन् ।
धार्मिक पूजासहित सांस्कृतिक कार्यक्रम गरि तमु जातीको मौलिक महान पर्व ल्होछार मनाइने तमुधिं यूकेले जनाएको छ । कार्यक्रम पूर्णरुपमा सांस्कृतिक माहोलमा सम्पन्न गर्न नेपालबाट गायक गायिका नरजंग गुरुङ र मेलिना राई २७ तारिख लन्डन उत्रंदै छन् भने हाल बेलायतमै रहेका कलाकारहरु बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु बिकले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । नेपालबाट धर्म गुरुहरुसमेत आउंदैछन् ।
कार्यक्रम संयोजक तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङका अनुसार बिहान १० बजेदेखि ६ जना धर्म गुरुहरुबाट धार्मिक पूजा शुरु गरिनेछ भने सांझ सांस्कृतिक कार्यक्रम, डा. हर्क गुरुङ अवार्ड वितरण, तमुधिं यूकेको मुखपत्र फ्रेंसी विमोचन, राफल ड्र लगायत आकर्षण हुनेछन् । राफल ड्रमा एकतोला सुन र आइ प्याड पुरस्कार राखिएको छ ।
ल्होछारका अवसरमा यूके वा अन्य ठाउंबाट शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई अभिनन्दन तथा प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रम छ । तमुधिं यूकेले यस वर्ष जिसिएसइ र ए लेभलमा राम्रो अंक ल्याइ उत्तिर्ण हुने तमु विद्यार्थीलाई डा. हर्क गुरुङ अवार्ड सम्मान गरिने जनाउंदै विवरण उपलव्ध गराइदिन अनुरोध गरिरहेको छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को अग्रिम शुभकामना व्यक्त गर्दै सबै तमुहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो महान पर्व उमंगका साथ मनाउन अपिल गरेका छन् । आगामी वर्ष नेतृत्व हस्तान्तरणमा बढि फोकस हुनुपर्ने भएकाले यसपटक ल्होछार बढि मनोरन्जनात्मक बनाउने तयारी गरिएको अध्यक्ष गुरुङले जनाए । ल्होछारमा उल्लेख्य सहभागिता गराउन बेलायतका विभिन्न शहरबाट बस रिजर्भ गरिएको छ ।
उक्त कार्यक्रम राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नेछन् ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण