लन्डन । तमुधिं यूकेले १७ औं ल्होछार भव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी ३० डिसेम्बर, २०१७ सांझ रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा कार्यक्रम हुंदैछ । चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गरेर तमुहरुले ल्होछार मनाउंदैछन् ।
धार्मिक पूजासहित सांस्कृतिक कार्यक्रम गरि तमु जातीको मौलिक महान पर्व ल्होछार मनाइने तमुधिं यूकेले जनाएको छ । कार्यक्रम पूर्णरुपमा सांस्कृतिक माहोलमा सम्पन्न गर्न नेपालबाट गायक गायिका नरजंग गुरुङ र मेलिना राई २७ तारिख लन्डन उत्रंदै छन् भने हाल बेलायतमै रहेका कलाकारहरु बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु बिकले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । नेपालबाट धर्म गुरुहरुसमेत आउंदैछन् ।
कार्यक्रम संयोजक तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङका अनुसार बिहान १० बजेदेखि ६ जना धर्म गुरुहरुबाट धार्मिक पूजा शुरु गरिनेछ भने सांझ सांस्कृतिक कार्यक्रम, डा. हर्क गुरुङ अवार्ड वितरण, तमुधिं यूकेको मुखपत्र फ्रेंसी विमोचन, राफल ड्र लगायत आकर्षण हुनेछन् । राफल ड्रमा एकतोला सुन र आइ प्याड पुरस्कार राखिएको छ ।
ल्होछारका अवसरमा यूके वा अन्य ठाउंबाट शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई अभिनन्दन तथा प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रम छ । तमुधिं यूकेले यस वर्ष जिसिएसइ र ए लेभलमा राम्रो अंक ल्याइ उत्तिर्ण हुने तमु विद्यार्थीलाई डा. हर्क गुरुङ अवार्ड सम्मान गरिने जनाउंदै विवरण उपलव्ध गराइदिन अनुरोध गरिरहेको छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को अग्रिम शुभकामना व्यक्त गर्दै सबै तमुहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो महान पर्व उमंगका साथ मनाउन अपिल गरेका छन् । आगामी वर्ष नेतृत्व हस्तान्तरणमा बढि फोकस हुनुपर्ने भएकाले यसपटक ल्होछार बढि मनोरन्जनात्मक बनाउने तयारी गरिएको अध्यक्ष गुरुङले जनाए । ल्होछारमा उल्लेख्य सहभागिता गराउन बेलायतका विभिन्न शहरबाट बस रिजर्भ गरिएको छ ।
उक्त कार्यक्रम राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नेछन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि