
मस्को, रसिया, ७ पुस – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताउनुभएको छ । रसियाली नेता पुटिनले भन्नुभयो, ‘यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।’
पुटिनले खासगरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को यूरोपमा उपस्थिति बढाउने भन्ने बिषयप्रति लक्षित गर्दै भन्नुभयो,’मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।’
‘रसिया विश्वको नेतृत्व गर्न सक्षम मुलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ’, रसियाली राष्ट्रपतिले भन्नुभयो । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।
‘हामीले पहिले रसियाली सीमा र यूरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ, विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्वन गर्नुपर्छ’-पुटिनले भन्नुभयो ।
नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताउनुभयो । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो । मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ ।
वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दावी गर्दै आएको छ ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक