
बार्सिलोना, ७ पुस – क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको एकतापक्षीय दलले बढी मत प्राप्त गरेको समाचार छ ।
क्याटालानका पृथकतावादी दलले यहाँको निर्वाचनमा हार व्यहोरेको बताइएको छ । बिहीबार भएको क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको दल क्लाउडिसले २५ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ ।
उक्त दलको नेतृत्वको तीन दलीय गठबन्धनले १३५ स्थानमध्ये ६८ स्थानमा विजय हासिल गरेको छ । सो संख्या स्पष्ट बहुमत भएकोले उनीहरुले सरकार गठन गर्न पाउने भएका छन् ।
यो विजयबाट अब क्याटालोनियाको स्वतन्त्रताको कुरा छायामा परेको मात्र नभइ यहाँको उक्त अभियानमा पनि ठेस लागेको बताइएको छ ।
स्वतन्त्रताका पक्षधर नेताहरुले एकतर्फी रुपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अब अनुमोदन गर्नसक्ने अवस्था नरहेको यो परिणामले देखाएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त