लन्डन । बेलायती उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लंघन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिएका हुन् ।
ब्रिटेनका प्रधानमन्त्री टेरेजा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहांको राजनीतिमा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ ।
उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उनलाई सो अनुसन्धानले दोषी ठहर गर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।
सोही कारणले उनले राजिनामा दिएको समाचारमा उल्लेख छ । उनको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गरेकी छन् ।
उनले आफ्नो राजनीतिक दलका एकजना महिला सहकर्मीलाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो । सन् २००८ मा भएको भनिएको यस घटनामा उहाँमाथि अनुसन्धान भएको थियो । उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ । तर उनले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ ।
ती सामाग्रहरुका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो । त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको थियो ।
उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टेरेजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन् । उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा संगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ ।
यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेकी छिन् । यसैबीच उनको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
तर यस विषयमा मेको भनाई भने केही आएको छैन् । उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताएका छन् ।
त्यस विषयमा आफू दोषी नरहेको उनको दाबी छ । तर उनको यो राजिनामाले बेलायत सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ ।
प्रधानमन्त्री मे पोल्याण्ड भ्रमणमा जाने
यसैबीच ब्रिटिश प्रधानमन्त्री टेरेजा मे बिहीबार पोल्याण्डको भ्रमणमा जान लाग्नुभएको छ । उनी बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसंग वार्ता गर्दै छिन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस