
लन्डन । नेपालका चर्चित लोक गायक रामकुमार (आरके) गुरुङ गत आइतबार अल्डरसटस्थित निरमाया रोधीघरमा झुल्किए एकल सांझ लिएर । तमु प्ये ल्हु संघ यूकेको निम्तोमा बेलायत आएका आरकेले विभिन्न शहरमा आफ्नो कला प्रस्तुत गर्ने क्रममा निरमायामा
आफ्नो प्रस्तुति दिए । कार्यक्रम क्होला परिवार यूकेले आयोजना गरेको हो ।
उनले एकल सांझमा कयौं ‘भेराइटी’ का गीत गाए । आरकेले गम गुरुङद्वारा निर्मित गुरुङ चलचित्र ‘गोरे बाजे’ को नयां गीत, पूर्व प्रधानाध्यापक एकेन्द्र गुरुङ र फोटोपत्रकार मिलन तमुद्वारा रचित विभिन्न गीत, कौडा, सालैजो र लाइभ दोहोरी समेत प्रस्तुत गरे । उनलाई गायिका ममता गुरुङ र रुपा घर्तीमगरले साथ दिएका थिए ।
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, तमु समाज बेलायतका अध्यक्ष अर्जुन गुरुङ र तमु समाज बेलायत आमा समूहकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी सो एकल सांझको शुरुवात गरिएको थियो । सो अवसरमा क्होला परिवार यूकेका हुम गुरुङले स्वागत मन्तब्य दिएका थिए । गायक आरकेले कार्यक्रम आयोजना गरिदिने क्होला परिवारलाई हृदयदेखिनै धन्यवाद दिंदै सहभागी सबैप्रति आभार व्यक्त गरे ।
एकल सांझमा अधिकांश आफ्नै शब्द र संगीतका गुरुङ भाषाका चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन दिलाएका गायक आरकेलाई उपस्थित संगीतप्रेमीहरुले खादा लगाई बधाई दिएका थिए । सांझ ७ बजेबाट शुरु भएको उक्त कार्यक्रममा संगीत पारखीहरु अन्त्यसम्म झुमिरहे ।
हाल सुलिकोट गाउंपालिका अर्थात गोरखा सौरपानी ५ बान्चोकगाउंमा वि.स. २०४१ सालमा जन्मिएका रामकुमार (आरके) गुरुङ झन्डै डेढ दशकदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन् । उनको पहिलो कोसेली ङै नासा (मेरो गाउं) चलचित्रको ‘माइली रोधी घरमा संगै नाचौंन’ बोलको कौडा गीत हिट भएपछि गुरुङ यस क्षेत्रमा झन् प्रोत्साहित भए ।
त्यसपछि आरकेले ङै जिन्दगी (मेरो जिन्दगी), ङै क्यां (मेरो बाटो), आश्यो (मावली), म्होरा (सपना), भेडी गोठालो, कुटुम्बेरी साइनो, खै ओ म्ही थेवा (ठूलो मान्छे), तीन्हांगा (आजभोलि), ङोलो ङोल्स्यो (सोल्टी-सेल्टिनी) सहित प्रदर्शनका क्रममा रहेको ‘गोरे बाजे’ नामक गुरुङ चलचित्र र ‘कर्मरेखा’ नेपाली भाषाको चलचित्रको गीत लेखन, गायन र संगीत गरेका छन् । उनले कयौं नेपाली मौलिक गीतहरु सालैजो, कौडा र झ्याउरेमा स्वर, संगीत दिएका छन् भने कतिपयमा शब्द रचना आफैंले गरेका छन् ।
बेलायत बसाइ एकदम रमाइलो भइरहेको आरके बताउंछन् । आफन्त भेटघाट, घुमघाम र विभिन्न संघसंस्थाको सम्मानले यस क्षेत्रमा थप प्रोत्साहन मिलेको उनले सुनाए । जनवरी अन्तिमसम्म बेलायत बस्ने योजना बनाएका उनले बेलायतको फार्नबोरो, ननिटन, अल्डरसट र वेल्समा ’परफर्म’ गरिसकेका छन् भने फेल्थाम, लन्डन हयारो, बेजिङस्टोक, अल्डरसट लगायत शहरमा शो हुंदैछ ।
तस्विर- मिलन तमु
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने