बर्न्टओक समाजमा नयाँ कार्यसमिति, उदय गुरुङ फेरि अध्यक्ष

लन्डन । बर्न्टओक नेपाली समाजको १३ औं वार्षिक साधारणसभा बर्न्टओक ब्रोडवेस्थित टेरिटोरियल आर्मी भवनमा शनिबार सम्पन्न भएको छ ।

सभाको शुरुमा संस्थाका महासचिव मोहनजंग गुरुङले संस्थाको वार्षिक कार्यप्रगति विवरण र कोषाध्यक्ष ज्ञान गुरुङले आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै उपाध्यक्ष टेकमान गुरुङले विधान संशोधन, आमा समूहकी संयोजक श्रीमती कमला गुरुङ, मिडिया कोअर्डिनेटर भगीरथ योगी तथा नेपाली कक्षाका संयोजक बसन्त सिलवालले पनि आआफ्नो प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि निर्वाचन कमिटीका तर्फबाट वर्ष २०१८-२०२० का लागि सर्वसम्मतरुपमा निर्वाचित नयाँ कार्यसमितिको नाम पढेर सुनाइएको थियो। जसअनुसार समाजका संस्थापक अध्यक्ष उदय गुरुङलाई फेरि अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यस्तै उपाध्यक्षमा विष्णु गुरुङ, भोला पनेरु सचिव, प्रेमराज गुरुङ सहायक सचिव, नवीन गुरुङ  कोषाध्यक्ष, नन्द गुरुङ सहायक कोषाध्यक्ष, उमेश खडका सांस्कृतिक सचिव र भगीरथ योगी मिडिया कोअर्डिनेटर निर्वाचित हुनुभएको छ। त्यसैगरी मोनकुमार गुरुङ वरिष्ठ सदस्य प्रतिनिधि, बसन्त सिलवाल नेपाली कक्षा/एनएलसिसि प्रतिनिधि, श्रीमती दुर्गा गुरुङ इसोल कोअर्डिनेटर निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा काशीराज बोहरा, राजन फुयाल, मोमकाजी गुरुङ, ढक राना, ठोकराज गुरुङ, सुमन प्रधान, महेन्द्र गुरुङ, बिगेन्द्र गुरुङ र सिद्दी गुरुङ रहनुभएको छ।

साधारणसभाले आमा समूहको अध्यक्षमा श्रीमती मन्जु गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, महासचिव सपना खनियाँ, सहायक सचिव नीलम गुरुङ, कोषाध्यक्ष पार्वती गुरुङ, सहायक कोषाध्यक्ष दुर्गा गुरुङ, सांस्कृतिक सचिव बिनु गुरुङ, सहायक सांस्कृतिक सचिवमा  हेलिशा गुरुङ सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा कमला गुरुङ, ललिता गुरुङ, सरिता गुरुङ, शोभा बोहरा, ललिता गुरुङ, ज्योत्सना गुरुङ, रामकुमारी गुरुङ, श्रीमती निर्मला प्रधान र पुष्पा गुरुङ निर्वाचित हुनुभएको छ। पूर्व अध्यक्ष कमला गुरुङलाई समूहको सल्लाहकारमा मनोनयन गरिएको छ।

त्यस्तै साधारण सभाले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। जसअनुसार पूर्व अध्यक्षहरु लक्ष्य गुरुङ, मोहन गुरुङ, रमेश गुरुङ र अतिप्रसाद पुनलाई सल्लाहकारको रुपमा मनोनयन गरेको छ। त्यसैगरी सुरेश गौतम, खमीरजंग गुरुङ, टेकमान गुरुङ, मोहनजंग गुरुङ, ज्ञान गुरुङ, हर्कमान राई र उदय गुरुङलाई पनि सल्लाहकारको रुपमा मनोनयन गरेको छ।

यसैगरी युवा समूहको संयोजकमा सुश्री महानता गुरुङ, खेल सचिवमा वरधान गुरुङ, सांस्कृतिक सचिवमा सलीना गुरुङ, सहायक सांस्कृतिक सचिवमा रेबिका राई तथा सदस्यमा अनुपम गुरुङलाई मनोनयन गरिएको छ।

सो अवसरमा बोल्दै पूर्व अध्यक्ष लक्ष्य गुरुङले समाजले स्थापना कालदेखि नै विभिन्न रचनात्मक कामहरु गरि स्थानीय समुदायमा राम्रो छाप छाडेको बताउनुभयो। उहाँले बार्नेट काउन्सिलद्वारा आयोजित बहुसांस्कृतिक परेडमा भाग लिनुकासाथै दशैं, तिहार, लोसार, तीजजस्ता पर्वहरु उत्साहका साथ मनाएर समाजले सामाजिक एकता र सद्भाव बलियो बनाउन काम गरिरहेको बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष उदय गुरुङले सन् २००४ मा समाज गठन गर्नेबेला यस क्षेत्रमा नेपालीहरुको बसोबास कम्ती रहेपनि अहिले समुदाय बढ्दै जाँदा खासगरी वयोवृद्ध भूतपूर्व गोर्खा बुवाआमालाई विशेष सहयोगको आवश्यकता परेको बताउनुभयो। उहाँले युवाहरुलाई खेलकुद, सांस्कृतिक कार्यक्रम र ससाना नानीहरुलाई नेपाली भाषा सिकाएर समाजले नयाँ पुस्तालाई पनि एकसूत्रमा जोडन काम गरिरहेको बताउनुभयो। उहाँले सबैलाई समाजलाई अरु बढी सकृय बनाउन सहयोग गर्न आग्रह पनि गर्नुभयो।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष रमेश गुरुङले सबैलाई धन्यवाद दिनुभएको थियो भने आमा समूहको तर्फबाट दिउँसोको खानाको सौजन्य गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री