टोकियो, ४ पुस – जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास् त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ ।
उक्त निर्णय जापानको मन्त्रिपरिषदले मङ्गलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ ।
यस्ता दुई वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषदले मङ्गलबार निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।
जापानी मन्त्रिपरिषदको मङ्गलबारको बैठकपछि सरकारी प्रवक्ताले भन्नुभयो– ‘उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकोले यसको प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको हो ।’
उहाँले उत्तर कोरियाले यसअघि पनि जापानी भूमिमा यस्तो क्षेप्यास्त्र हानेको र आगामी दिनमा फेरि यस्तो नहोला भन्न सकिने अवस्था नरहेकोले यो प्रणाली जडान गरिएको उहाँले बताउनुभयो ।
जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया भने आएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा