लन्डन । सहारा यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । भेटघाट रेष्टुरेन्ट अल्डरसटमा शनिबार साधारणसभा भएको हो ।
संस्थाका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको अध्यक्षतामा भएको उक्त साधारणसभामा महासचिव कृष्ण गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायण गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
अध्यक्ष मीनबहादुर गुरुङ साईंलाले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरे । उनले सहारा यूकेको फुटबल एसोसिएसन (एफए) संग सम्वन्ध विस्तार गर्ने र सहारा यूकेमा आवद्ध बेलायतस्थित नेपाली खेलाडी र नेपालमा पनि एफएबाट तालिमको व्यवस्था गराउने योजना सुनाए ।
आगामी मेमा नेपालका खेलाडीहरु बेलायत ल्याएर नेपाल भर्सेस इंग्ल्याण्डबीच फुटबल खेलाउनेबारे तयारी भइरहेको समेत अध्यक्षले बताए । अर्को वर्ष डिसेम्बर १ मा दशौं वार्षिकोत्सव मनाउने योजना सुनाउंदै अध्यक्ष मीनबहादुर गुरुङ साईंलाले संस्थाका अरु योजना जस्तै सहारा फेमिली क्याम्प, एभरेष्ट कप सञ्चालन, आहा गोल्ड कपमा सहभागिता आदिबारे अवगत गराए । उनले आहा गोल्डकपमा भाग लिन १६ जनवरीका दिन सहारा यूके टिम नेपाल जाने तय भएको पनि जानकारी दिए ।
अध्यक्षका अनुसार, सहारा यूके टिम आगामी जनवरी २१ तारिखका दिन सहारा यूकेले निर्माण गरेको सिन्धुपाल्चोकको श्री हाइबुङ महादेवस्थान माध्यमिक विद्यालय उद्घाटन समारोहमा सहभागिता जनाइ २३ जनवरीमा शरु हुने ‘आहा गोल्डकप’ का लागि पोखरा जाने कार्यक्रम छ । सिन्धुपाल्चोकको विद्यालय योगेश गुरुङको संयोजकत्वमा बनाइएको हो ।
२६ जनवरीमा सहारा यूकेकै सहयोगमा कास्कीको सिदिंगस्थित श्री सरस्वती प्राइमरी स्कुलमा बनाइएको भौतिक पूर्वाधारसहित खेल मैदान (प्ले ग्राउण्ड) उद्घाटन कार्यक्रममा जाने कार्यक्रम समेत रहेको अध्यक्ष गुरुङले बताए । उनले सहारा यूकेको आर्थिक अवस्था सुदृढ गर्न एउटा ‘टास्क फोर्स’ निर्माण गरि काम द्रुत भएको अवगत गराएका थिए ।
साधारणसभामा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन महासचिव कृष्ण गुरुङले गरेका थिए । लेप्टेन कुसान गुरुङले सहारा यूकेका खेलाडीले प्रत्येक आइतबार खेलिरहेको ‘सन्डे लिग’ बारे अपडेट गराए ।
साधारणसभामा सहारा एकेडेमी पोखराको २ करोड रुपैयांको अक्षय कोष स्थापना गर्ने उद्देश्य अनुरुप सहारा यूकेले हालसम्म ३५ लाख रुपैयां संकलन गरिसकेको संयोजक ओम गुरुङले बताए । कार्यक्रममा संस्थाले नेपालबाट आएकी लोक दोहोरी कलाकार इन्द्र गुरुङलाई स्वागतसहित मायाको चिनो प्रदान गरेको थियो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’