लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदीले नेपालमा हालै सम्पन्न संसदीय निर्वाचन सफल भएकोमा नेपाली जनता, निर्वाचन आयोग, नेपाल सरकार र सबै दलका नेताहरुलाई बधाई दिएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यो निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको छ र धेरै उतार चढावपछि मुलुकमा लोकतन्त्रको नयां युग सुरु हुन लागेको छ ।’
प्राध्यापक सुवेदीले देशलाई राजनीतिक स्थिरता दिन, आर्थिक समृद्धिमा अगाडि बढाउन, लोकतन्त्र, विधिको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढीकरण गर्न तथा अन्य चुनौतीहरुलाई सामना गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गर्न आफू व्यक्तिगत र संस्थागत दुवै रुपमा क्रियाशिल हुने पनि बताएका छन् ।
ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष, ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुन इन्स्टिच्युटका निर्वाचित सदस्य रहेका प्राध्यापक सुवेदीले नेपाल सरकारलाई नितान्त राष्ट्रियहितको सवालमा गैरदलीय, निष्पक्ष र स्वतन्त्र रुपमा नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा