लन्डन । बेजिङस्टोकमा बसोबासरत किरांत लिम्बु समुदाय ले चासोक तङनाम (न्वागी पूजा) शनिबार हर्षोल्लासका साथ मनाएका छन् ।
ओक्रिज वेस्ट कम्युनिटी हलमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा पूजारी (फेदाङबा) लाल बोखिम लिम्बुले विभिन्न परिकारको फलफूल, अन्न, भेटीहरु माङ्ग (भगवान) लाई चढाइ पूजा शुरुवात गराएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा किरांत याक्थुङ चुम्लुङ यूके बेजिङस्टोक शाखा अध्यक्ष श्रीमति अमृता पालुङवा सबेनहिमको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा शाखा कोषाध्यक्ष ज्ञानेन्द्र मेन्याङबोद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने शाखा सचिव चन्द्रकुबेर आङबुहाङद्वारा वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।
किरांत याक्थुङ चुम्लुङ यूकेका सहअध्यक्ष तिलबिक्रम सोम्बाहाम्फे प्रमुख अतिथि र तेह्रथुम समाज यूकेका अध्यक्ष सूर्य खापुङ र श्रीमति रीता खापुङ अतिथि रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव चन्द्रकुबेर आङबुहाङले गरेका थिए । स्वागत मन्तब्य शाखाका उपाध्यक्ष पेपराज कुरुङबाङले दिए । उक्त सभामा केन्द्र र शाखाको सम्बन्धबारे राजेन्द्र पाहिम लिम्बु, धन माबो, राजु लिम्बु, तिल बिक्रम सोम्बाहाम्फे, पेपराज कुरुङबाङ, विजय लिङथेपले आ आफ्नो धारणा राखेका थिए । साथै अन्य महत्वपूर्ण विषयहरुमा व्यापक छलफलका साथ ठोस निष्कर्ष निकालिएको थियो ।
कार्यक्रममा विभिन्न तहको शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरियो । साथै नव आगान्तुक सदस्यहरुलाई पनि सम्मान गरिएको थियो भने तोङबा पकाउने दिदीबहिनीलाई प्रोत्साहित गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा गायक दिलिप बोखिम लिम्बु र नितेश थाङदेनको गायनलाई सबैले रुचाए । साथै चन्द्रकला आवाजङ लङवाको कविता वाचन र नृत्यले भरपुर मनोरन्जन दिलायो । जङबीर लिम्बु, युवराज चोङबाङ, लाल चोङबाङ र राम बोखिम लिम्बुको च्याब्रुङ नाचमा सबैले तालमा ताल मिलाउंदै हर्षोउल्लासका साथ चासोक तङनाम मनाए ।
अन्त्यमा शाखा अध्यक्षले उपस्थित अतिथी र प्रत्यक्ष अप्रत्यक्ष सबै सहयोगी सदस्यहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन् ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय