लन्डन । नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको प्रक्रिया अघि बढिरहंदा बेलायतबाट लगानी भित्रयाउन पहल थालिएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्वन्धि एक सेमिनारमा व्यवसायीहरुले नेपालमा अब ५ वर्षका लागि स्थिर सरकार गठनसंगै लगानीको वातावरण र आर्थिक समृद्धिको ढोका खुल्ने आशा व्यक्त गरेका छन् ।
नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले वैदेशिक लगानीलाई सधैं स्वागत गर्ने बताए । उनले हालै सम्पन्न भएका निर्वाचन र राजनीतिक विकासक्रमबारे जानकारी दिंदै देश अब आर्थिक तथा सामाजिक रुपान्तरणमा उन्मुख भएको बताए । नेपालले केही वर्ष यता द्वन्द्व, राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति लगायत संक्रमणकाल खेप्नु परेपनि अब आर्थिक समृद्धि प्राथमिकतामा राखेको पनि राजदूतले जनाए ।
बिएनसीसी अध्यक्ष राजन कंडेलले नेपालमा चुनावपछि राजनीतिक स्थिरताको संकेतबीच बेलायतबाट नेपालमा लगानी आकर्षित गर्न कार्यक्रम गरिएको प्रष्टयाए । कंडेलले नेपालमा वैदेशिक लगानीका कानुनी प्रक्रिया र अवरोध आदिबारे अवगत गराउंदै हाइड्रो, बैंकिङ, शिक्षा, पर्यटन, स्वास्थ्य, टेलिकम, होटल रेष्टुरेन्ट, उत्पादनमुखी क्षेत्र आदिमा लगानीको सम्भावना रहेको जानकारी दिए । कंडेलले नेपालमा ८१ देशका २९५९ प्रोजेक्ट सञ्चालन भएको बताउंदै युनिलिभर, एनसेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक आदि वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरुको सफलताको उदाहरण प्रस्तुत गरे । उनले आगामी मार्चमा बिएनसीसी टिम नेपालमा विजनेश डेलिगेशन जाने तयारी गरिरहेको पनि जानकारी दिए ।
कार्यक्रममा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की नेपाल डेक्स अफिसर जेनिफर नेल्सनले निर्वाचनपछि आर्थिक विकासमा नेपालले फड्को मार्ने अपेक्षा व्यक्त गरिन् । उनले ओएनएस पिङक बुकको आंकडा प्रस्तुत गर्दै सन् २०१६ मा नेपाल र बेलायतबीच आयात तथा निर्यातमा १९६ मिलियन पाउण्डको व्यापार भएको पनि जनाइन् ।
कार्यक्रममा लन्डन गोर्खा स्कुलका डा. मार्टिन राइट, बिजनेश ग्रोथ इन्टरनेशनलका संस्थापक डेरी लेवेलिन डेभिज, बिएनसीसी अनरेरी चिफ एक्जुकेटिभ रिचार्ड पेली, कन्जरभेटिभ पार्टी लन्डनका पूर्व उपाध्यक्ष किसन देबानी, बिएनसीसी उपाध्यक्ष एलान सांका, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, प्रवक्ता रमेश सरांगकोटी लगायतले आ आफ्ना धारणा राखेका थिए । ति वक्ताहरुले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गर्दै विभिन्न सुझाव एवं जिज्ञासा राखेका थिए ।
बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी उक्त कार्यक्रममा बिएनसीसीको मानार्थ अध्यक्ष मनोनित गरिएका आडम गिलक्रिस्टलाई राजदूत सुवेदीले सर्टिफिकेट प्रदान गर्दै वधाइ दिएका थिए ।
तस्विर- शिव भण्डारी
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल