
न्युयोर्क सहरको टाइम्स स्क्वाएर नजिक पोर्ट अथोरिटी बस टर्मिनलसँगै रहेको भूमिगत मार्गमा प्रहरी । तस्विर- एएफपी
न्युयोर्क, २६ मङसिर – न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको समाचार छ ।
ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दा प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार समाचारमा जनाइएको छ ।
पक्राउ परेका ती बङ्गालीको नाम अकायाद उल्लाह हो । उल्लाह बिगत केही वर्षदेखि अमेरिका बस्दै आएको प्रहरीबाट प्राप्त भएको समाचारहरुमा खुलाइएको छ ।
अमेरिकामा बिगतका केही बर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ ।
आफ्नो शरीरमा बाँधिएको पाइप बम उनले नै विष्फोट गराएको प्रहरीले अनुसन्धानकाक्रममा खुलेको जनाएको छ । सोही बम पड्किएको र त्यसबाट उनी घाइते भएका थिए ।
सोही बमका छर्रा लागेर नै अरु तीनजनालाई पनि चोटपटक लागेको जानकारी सो अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान भएको यस विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ । तर, बम विस्फोटका कारण पनि बमको कम शक्तिका कारण मात्र थोरै क्षति भएको पनि एक अर्को समाचरमा जनाइएको छ ।
न्युयोर्क सहरका मेयर बिल दे ब्लासियोले यस घटनालाई एउटा आतङ्ककारी हमलाको प्रयास भएको बताउनुभएको छ । उहाँले यसबाट ठूलो क्षति हुन नपाए पनि ठूलो क्षतिको योजनाबाट विस्फोट गराइएको बताउनुभएको छ ।
यसअघि पनि उक्त सहरको प्रहरीले यहाँको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा पनि एक युवालाई गिरफ्तार गरिएको बताएको थियो ।
न्युयोर्क सहरको टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनलसँगै रहेको भूमिगत मार्गमा सोमबार बिहान उक्त विस्फोटको घटना भएको प्रहरीले जानकारी दिएको छ ।
बम विस्फोटका विषयको पूरा विवरण भने प्राप्त भएको छैन । तर न्युयोर्क सहरका सुरक्षा अधिकारीहरुले ती संदिग्ध युवकले सो विस्फोटक पदार्थ साथैमा लिएर पोर्ट अथोरिटीतर्फ जाने क्रममा अथवा बम राख्न योजना गरिएको स्थानमा नपुग्दै र समयअगावै उक्त विस्फोटक पदार्थ पड्किएको हुनसक्ने जनाएका छन् ।
त्यसै कारणले क्षति हुन नपाएको बताइएको छ । उक्त विस्फोट लगत्तै नै ती व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त बम पोर्ट अथोरिटी बस टर्मिनलमा नै विस्फोट गराउन लान लागिएको अनुमान गरिएको छ । उक्त टर्मिनल अमेरिकाकै सबैभन्दा ठूलो बस टर्मिनल हो ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण