सोल, २५ मङसिर – संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् ।
ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् ।
सो सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । सोमबार सुरुभएको सो अभ्यास तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।
कोरियाली प्रायद्वीपमा सो अभ्यास सुरु भएको बताइएको छ । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित रहेको पनि बताइएको छ ।
त्यस अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित व्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि कम्प्युटरका माध्यमबाट काम हुने संयन्त्रको पनि विकास गरिएको बताइएको छ ।
हालैमात्र पनि उत्तर कोरिया विरुद्ध दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो ।
पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्का विरुद्ध निकै कडा अभिव्यक्ति दिंदै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही समयमात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गर्नुभएको थियो ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण