बग्दाद, इराक, २३ मङ्सिर – इश्लामिक स्टेट (आइएस) समूहसँग विगत लामो समयदेखि जुधिरहेको इराकी सेनाले पश्चिमी इराकका मरूभूमि तथा सम्पूर्ण सीमाक्षेत्रलाई आइएसबाट मुक्त गरेको शनिबार जानकारी गराएको छ ।
‘इराकको सवै भूमिलाई आइएसबाट पूर्ण नियन्त्रणमा लिने सफलता इराकी सेनालाइ मिलेको छ साथै अब सेनाले आइएसको इराक प्रवेशमा रोक लगाउन सिरियासँगको सीमा क्षेत्रलाई कडा बनाउने छ’, पश्चिमी इराक सुरक्षा अभियानका कमाण्डर लेफ्टिनेन्ट जनरल अब्दुल अमिर रसीद याराल्लाहले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गर्नुभयो ।
‘सैनिक तथा अर्धसैनिक वलको हासद सावि ब्रिगेडले स्थल तथा इराकी हेलिकोप्टरबाट गरेको कारबाहीपछि नाइनभे र अनवरबीचको मरुभूमि क्षेत्रलाई कब्जामा लिएको हो’, याराल्लाहले बताउनुभयो ।
सेनाले पछिल्लो २४ घण्टामा गरेको कारबाही पछिको सफलताले अव आइएस प्रभावित एक हजार ६०० वर्ग किलोमिटर जमिनमा रहेका ९० गाउँमाथि नियन्त्रण जमाएको छ ।
इराकी सेनाले इराक सिरिया सीमाको १८३ किलोमिटर क्षेत्रलाई सुरक्षा दिइबसेको याराल्लाहले बताउनुभयो ।
गत नोभेम्बर ५ मा इराकी प्रधानमन्त्री हैदर अल–अवादीले इराक–सिरियाको हुसैवाह सीमामा राष्ट्रिय झण्डा फहराउँदै छिट्टै इराक आइएसको आक्रमण खतराबाट मुक्त हुने जनाउनुभएको थियो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक