गाजा सिटी (प्यालेष्टिनी प्रशासित क्षेत्र), २२ मङ्सिर – प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एकको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको झडपमा ३० बर्षीय महम्मद अल मर्सीको मृत्यु भएको बताएको छ । घटनामा २०० जनाभन्दा बढी घाइते भएको आन्दोलनकारी समूहको दावी छ ।
इजरायली सेनाले सीमानामा प्रदर्शन गर्ने दुई व्यक्तिलाई गोली हानेको स्वीकार गरेको छ । सेनाले सिमानामा हिंसात्मक गतिविधिलाई उत्तेजित पार्ने उनीहरूलाई गोली लागेको बताएको छ । सेनाले गोली लागि मृत्यु नै भएको थियो वा घाइते मात्र भएको भन्नेबारे प्रष्ट पारेको छैन ।
विहीबार हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि ‘इन्तिफादा’ अर्थात् कडा आन्दोलनको घोषणा गर्नुभएको थियो । उहाँले आगामी दिन आमविरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना हुने समेत बताउनुभएको थियो ।
इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।
अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]