गाजा सिटी (प्यालेष्टिनी प्रशासित क्षेत्र), २२ मङ्सिर – प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एकको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको झडपमा ३० बर्षीय महम्मद अल मर्सीको मृत्यु भएको बताएको छ । घटनामा २०० जनाभन्दा बढी घाइते भएको आन्दोलनकारी समूहको दावी छ ।
इजरायली सेनाले सीमानामा प्रदर्शन गर्ने दुई व्यक्तिलाई गोली हानेको स्वीकार गरेको छ । सेनाले सिमानामा हिंसात्मक गतिविधिलाई उत्तेजित पार्ने उनीहरूलाई गोली लागेको बताएको छ । सेनाले गोली लागि मृत्यु नै भएको थियो वा घाइते मात्र भएको भन्नेबारे प्रष्ट पारेको छैन ।
विहीबार हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि ‘इन्तिफादा’ अर्थात् कडा आन्दोलनको घोषणा गर्नुभएको थियो । उहाँले आगामी दिन आमविरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि उत्रिनुपर्ने अवस्थाको सिर्जना हुने समेत बताउनुभएको थियो ।
इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।
अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार