ब्रसेल्स, बेल्जियम, २२ मङ्सिर – ब्रेक्जिटका विषयमा उल्लेख्य प्रगति हाँसिल भएको जनाउँदै युरोपेली आयोगले वार्ताकारहरूले अब नयाँ चरणको छलफल शुरु गर्ने यूरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड युन्करले शुक्रबार बताउनुभएको छ ।
युरोपेली आयोगका अनुसार आयरल्याण्डसँगको सीमा, ब्रेक्जिट सम्बन्ध बिच्छेद विधेयक र इयूका नागरिकको अधिकारका विषयमा पर्याप्त प्रगतिहरु भइसकेका छन् ।
बेलायतको यूरोपियन यूनियन (इयू) सँगको बहिर्गमनका प्रसँगमा हुने दोस्रो चरणको छलफलका लागि शुक्रबार विहान ब्रसेल्स आइपुगेकी बेलायती प्रधानमन्त्री टेरेजा मेसँग संयुक्त पत्रकार सम्मेलन गर्दै युन्करले भन्नुभयो, ‘यो निकै जटिल वार्ता थियो तर हामीले पहिलो प्रयासलाई सफलतासाथ हाँसिल गरेका छौँ । म बेलायतसँग भएको न्यायिक सम्झौताबाट सन्तुष्ट भएको छु । यदि हाम्रो रायप्रति २७ सदस्यीय इयू राष्ट्रले सहमति जनाएमा यूरोपेली आयोग तथा प्रमुख वार्ताकार मिसेल बार्नियरसंग दोस्रो चरणको वार्तामा तत्काल प्रवेश गर्नेछौँ ।’
अबको वार्ता संक्रमणकालका विषयमा केन्द्रित हुने युङ्करले बताउनुभयो ।
आयरल्याण्ड र उत्तर आयरल्याण्डको सीमाको भविष्यबारेको आफ्नो प्रस्तावका विषयमा उत्तर आयरल्याण्डको ‘डेमोक्रेटिक युनियनिस्ट पार्टी’ सँग छलफल गरेलगत्तै प्रधानमन्त्री मे ब्रसेल्सतर्फ उड्नुभएको थियो । तर बार्नियरले भन्नुभयो, ‘आयोगको मुल्याङ्कन तीन प्राथमिकतामा आधारित रहेर यथार्थ र इमान्दार प्रक्रिया अघि बढेको छ । यी बिषयमा सहमत भएर विगतको समस्यालाई समाधान गरेपछि अब हामी आगामी सम्बन्धका लागि विश्वास र भरोसाका आधारमा अघि बढ्नुपर्छ ।’
मे ले इयूसँग ब्रेक्जिट वार्तालाई अर्को चरणमा लैजाने विषयमा महत्वपूर्ण सहमति गर्नुभएको छ ।
त्यसअनुसार ब्रिटेनमा बस्ने आयरल्याण्ड र इयूका नागरिकका लागि ‘सीमानामा कडाई’ हुने छैन र इयू सदस्य राष्ट्रहरुमा बसोबास गर्ने ब्रिटेनका नागरिकको अधिकार सुरक्षित रहने छ ।
ब्रिटेनकी प्रधानमन्त्री मेले चाहिँ यो विन्दुसम्म आइपुग्नका लागि दुवै पक्षले लेनदेन गर्नु परेको बताएपनि यसबारे सबै कुरा सम्मेलनमा खुलाउनु भएन ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी