दोहा, २० मङ्सिर – कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ ।
कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाउनुभएको हो ।
गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये कतारमा विगतका वर्षहरूको तुलनामा नै यस वर्ष पनि सबैभन्दा धेरै आर्थिक वृद्धि भएको बताउनुभयो ।
कतारका सरकारी समाचार संस्थाहरूले सो जानकारी दिएको पनि बताइएको छ । कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेलामा पनि यहाँको आर्थिक वृद्धिमा कुनै कमी नआएको उहाँलाई उद्धृत गर्दै दिइएको समाचारमा उल्लेख गरिएको छ ।
गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताउनुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धि दर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
आन्तरिक राजनीतिक विवादका कारण साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (यूएई) ले गएको जुन महिनादेखि नै कतारमाथी कूटनीतिक समस्या देखाएर नाकाबन्दी गरेका जारी राखेका छन् ।
कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप ती छिमेकी देशहरूको छ ।
नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । त्यसमा इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि उनीहरूको माग छ ।
तर ती १३ बुँदे शर्तमा कतारले सम्झौता नगरेपछि नाकाबन्दी अझै पनि कायमै छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]