नयाँ दिल्ली, १९ मङसिर – भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ ।
सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।
हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुनुहुन्छ । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ ।
स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उहाँले पद छोड्न लाग्नुभएको हो ।
यस अघि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहनुभएको थियो । उहाँ गत पाँच वर्षयता उपाध्यक्ष पदमा हुनुहुन्छ ।
आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।
सोमबार साँझसम्म उहाँबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ ।
सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त