
ललितपुर, १६ मंसिर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।
विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राख्नुभयो ।
ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको कार्यसूचीसहित तालमेल भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो ‘यो सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल भएको विषय होइन, एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित एकता प्रक्रिया अगाडि बढेको छ । एकता संयोजन समिति गठन भएको छ । पहिला पार्टी एकता संयोजन समिति बनेर मात्रै तालमेलको कुरा अगाडि बढेको हो । चुनाव आएकै कारणले मात्रै तत्काल एकता हुन नसकेको हो ।’
नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउँदा नेपाली काँग्रेसले अनावश्यक प्रचार गरेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
अहिलेको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएकोमा जोड दिँदै उहाँले हजारौँको बलिदान, त्याग तपस्याबाट प्राप्त भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण कार्यभारसहितको ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले नेपालको राजनीतिक इतिहासलाई नयाँ लक्ष्यमा पुरयाउने कार्यसूचीका साथ वाम गठबन्धन बनेकाले ललितपुरका जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका नेत्री सुशीला नेपालले नेपालको राजनीतिक स्थिरतासहितको विकासका लागि वाम गठबन्धन भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जीवन खड्काले ललितपुरको समुन्नतिका लागि वाम एकताको आवश्यकतामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग