लन्डन । बेलायत बस्ने नेपाली मोडल अनिता लिम्बुको मोडलिङ यात्रा तीव्र गतिमा अगाडि बढेको छ । रयाम्प र भिज्यूअल दुवैमा उत्तिकै सक्रिय अनिताले गत सातामात्र एउटा नयां म्यूजिक भिडियो गरिन् । ब्रिटिश एक्टर ज्याक आर्मस्ट्रोङका साथ अनिताले गायक राजेश पायल राई र अमृता लिम्बुले गाएको गाएको गीत ‘बिस्तारै बिस्तारै…’ को म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् । उक्त म्यूजिक भिडियो अमृत गुरुङ र निक्को गुरुङले निर्देशन गरेका छन् । गीतको रचना जानु कामबाङ लिङदेनको छ ।
हलिउड फिल्म एम्पायर अफ दि सार्कस, बलिउड मूभि हेट स्टोरी फोर र कयौं अंग्रेजी म्यूजिक भिडियोमा अभिनय गरेका ज्याकसंग अभिनय गर्न पाउंदा बेग्लै अनुभूति भएको अनिताले बताइन् । ज्याकले म्याकडोनाल्डस, डुरेक्स कमर्सियल, एमटिभी आदि ब्राण्डका लागि पनि काम गरिसकेका छन् ।
अनिता आफैं पनि पछिल्लो समय खुबै व्यस्त भएको बताउंछिन् । उनले हालैमात्र बलिउड मुभी फिर्कीको सानो भूमिका निभाएकी थिइन् । उक्त फिल्ममा निल नितिन मुकेश र ज्याकी श्राफ जस्ता कलाकारहरुको भूमिका छ । साथै अनिताले स्याण्डी लो ब्राइडल वेयर ब्राण्डमा पनि काम गरेको बताइन् । अनिताले यसअघि ‘मन त नेपाली’…मा अभिनय तथा ‘यो जिन्दगी…’ गीत गाएकी पनि थिइन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने