
नयां म्यूजिक भिडियोमा अनिताको ‘हट’ अवतार
लन्डन । बेलायत बस्ने नेपाली मोडल अनिता लिम्बुको मोडलिङ यात्रा तीव्र गतिमा अगाडि बढेको छ । रयाम्प र भिज्यूअल दुवैमा उत्तिकै सक्रिय अनिताले गत सातामात्र एउटा नयां म्यूजिक भिडियो गरिन् । ब्रिटिश एक्टर ज्याक आर्मस्ट्रोङका साथ अनिताले गायक राजेश पायल राई र अमृता लिम्बुले गाएको गाएको गीत ‘बिस्तारै बिस्तारै…’ को म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् । उक्त म्यूजिक भिडियो अमृत गुरुङ र निक्को गुरुङले निर्देशन गरेका छन् । गीतको रचना जानु कामबाङ लिङदेनको छ ।
हलिउड फिल्म एम्पायर अफ दि सार्कस, बलिउड मूभि हेट स्टोरी फोर र कयौं अंग्रेजी म्यूजिक भिडियोमा अभिनय गरेका ज्याकसंग अभिनय गर्न पाउंदा बेग्लै अनुभूति भएको अनिताले बताइन् । ज्याकले म्याकडोनाल्डस, डुरेक्स कमर्सियल, एमटिभी आदि ब्राण्डका लागि पनि काम गरिसकेका छन् ।
अनिता आफैं पनि पछिल्लो समय खुबै व्यस्त भएको बताउंछिन् । उनले हालैमात्र बलिउड मुभी फिर्कीको सानो भूमिका निभाएकी थिइन् । उक्त फिल्ममा निल नितिन मुकेश र ज्याकी श्राफ जस्ता कलाकारहरुको भूमिका छ । साथै अनिताले स्याण्डी लो ब्राइडल वेयर ब्राण्डमा पनि काम गरेको बताइन् । अनिताले यसअघि ‘मन त नेपाली’…मा अभिनय तथा ‘यो जिन्दगी…’ गीत गाएकी पनि थिइन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति